Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बन्चरेडाँडा ल्यान्डफिल साइटका समस्या दीर्घकालीन समाधान गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण

गाेरखापत्र दैनिक

Sunday, September 3, 2023
काठमाडौंको फोहोर बिसर्जनमा रोक
1.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – उपत्यकाकाे फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मागसहित त्यहाँका जनप्रतिनिधि र स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्यहरू अर्जुननरसिंह केसी, सीता मिजार, हितबहादुर तामाङ, विमला सुवेदी, नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीसहित स्थानीय जनप्रतिनिधिको टोली शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी ध्यानाकर्षण गराएको हो ।

बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले भेटको क्रममा देशभरिकै फोहोरको व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय मातहत रहने गरी फोहोरमैला व्यवस्थापन प्राधिकरणको गठनको मागसहित प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौँ उपत्यकाको फोहोरमैला असोज १ गतेबाट सधैँका लागि बन्द गरिने छ भनी आठ पेजको ध्यानाकर्षणपत्र प्रधानमन्त्रीलाई बुझाइएको थियो । संयोजक ढुङ्गानाका अनुसार बन्चरेडाँडा प्रभावित क्षेत्रका बासिन्दालाई स्थानान्तरणका लागि जग्गा अधिग्रहण गर्ने गरी यसअघि भएका निर्णयको कार्यान्वयन र बन्चरेडाँडालाई फोहोरमैला प्रभावित संवेदनशील क्षेत्र घोषणा गरी त्यहाँका जनताको माग सम्बोधन गर्न, बन्चरेडाँडा ल्यान्डफिल साइट सञ्चालनका व्रmममा भएका सहमतिको कार्यान्वयन र त्यस क्षेत्रको विकासमा सरकारले विशेष लगानी गरिदिनुपर्ने भन्दै प्रधाानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसै गरी विगत एक दशकअघि ठेक्का लागेर अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको बालाजु–तीनपिप्ले–पिपलटार सडक खण्डको निर्माण सम्पन्न गरी कालोपत्र गरिदिन माग गरिएको थियोे । सो सडक निर्माण नहुँदा पनि वर्षायाममा गाडी जान नसक्दा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

सो क्रममा प्रतिनिधि सभा सदस्य केसीले बन्चरेडाँडा प्रभावित क्षेत्रको समस्या समाधान नभए आफू संसद् परिसरमा नै आमरण अनशन बस्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले अनशन बस्नु पर्दैन, त्यहाँका समस्याको सम्बोधन छिट्टै हुने आश्वासन दिनुभएको संयोजक ढुङ्गानाले जानकारी दिनुभयो । मुलुकको सङ्घीय राजधानीसँगै जोडिएको नुवाकोटको यो दुरवस्था सह्य नहुने र बन्चरेडाँडामा बिसर्जन गरिएको फोहोरबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने पूर्वमन्त्री केसीको भनाइ थियो ।

Comments
Order Cake Order Cake Order Cake
Share
30
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki