Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

पाकिस्तानविरुद्ध जितका लागि ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनले पराजित

Wednesday, August 30, 2023
पाकिस्तानविरुद्ध जितका लागि ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३८ रनले पराजित
1.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – पाकिस्तानविरुद्ध जितका लागि ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्दै २३८ रनले पराजित भएको छ।

तका लागि ३४३ रनको लक्ष्य पाएको नेपालले २३ ओभर ४ बलमा अल आउट हुँदै जम्मा १०४ रनमात्र बनाएपछि विशाल रन अन्तरले पराजित भएको हो।

शाहीन अफ्रिदीको पहिलो र दोस्रो बलमै चौका प्रहार गर्दै सशक्त सुरुवात गरेका कुशल भुर्तेल ब्यक्तिगत ८ रनमा बनाउँदै ५ औँ बलमा क्याच आउट हुन पुगे।

Order Cake Order Cake Order Cake

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेल पनि पहिलो बलमै अफ्रिदीको बलमा आउट हुन पुगे।

पहिलो ओभरमै २ विकेट गुमाएको नेपालले दोस्रो ओभरमा अर्का आशिफ शेखलाई गुमाउन पुग्यो। शेख ५ रन बनाउँदा क्याच आउट हुन पुगे।

एशिया कपको उद्घाटन खेलमा कप्तान बाबर आजम र इफ्तिखार अहमद दुवै जनाले शतक प्रहार गर्दा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको लक्ष्य दिएको थियो।

मुल्तानमा जारी समूह ‘ए’ को खेलमा घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो।

पाकिस्तानको इनिङमा विश्व वरीयताको नम्बर एक ब्याट्सम्यान आजमले र इफ्तिखारले शतक बनाए। इफ्तिखारले करियरकै सर्वाधिक रन बनाएका छन्। उनले यसअघि न्युजिल्यान्डविरुद्ध ९४ रन बनाएका थिए।

दुवैले चौथो विकेटको लागि १३० बलमा २१४ रनको सुदृढ साझेदारी गरेका थिए। आजमले १३१ बलमा १५१ रन बनाए। इनिङ सकिनु २ बल बाँकी रहँदा उनी सोमपालको बलमा सन्दीप जोराबाट क्याच भए। इफ्तिखारले ७१ बलमा अविजित १०९ रन बनाए।

आजमले इनिङको ४१ ओभर २ बलमा करियरको १९औं शतक प्रहार गरे। उनले १० चौका प्रहार गरे। उनले अन्तिम पावर प्लेमा दीपेन्द्रसिंह ऐरीको बलमा २ रन हान्दै शतक बनाए।

यसअघि टस हारेर बलिङ गरेको नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए।

करणले ५ दशमलव ३ ओभरमा विश्व नम्बर एक वरीयताका ओपनर फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए। फखरले २० बलमा ३ चौकासहित १४ रन बनाएका थिए।

६.१ ओभरमा पाकिस्तानले दोस्रो विकेटका रूपमा अर्का ओपनर इमाम उल हकलाई गुमायो। हक व्यक्तिगत ५ रन बनाएर रन आउट भए। नेपालका कप्तान रोहितकुमार पौडेलले हकलाई सिधा थ्रो गरेर रन आउट गराए। फखर र इमामले पहिलो विकेटको लागि २१ रनको साझेदारी गरे।

तेस्रो विकेटको रुपमा पाकिस्तानले अनुभवी मोहम्मद रिज्वानलाई गुमायो। ५० रनमा ४४ रन बनाइरहेका रिज्वानलाई अलराउन्डर दीपेन्द्रसिंह ऐरीले रन आउट गरे। इनिङको शुरुमा पाकिस्तान लगातार रन आउट हुँदा दबाबमा आएको थियो।

रिज्वान र कप्तान बाबरले तेस्रो विकेटको लागि १०७ बलमा ८६ रनको साझेदारी गरेपछि पाकिस्तान बलियो स्थितिमा पुगेको हो।

चौथो विकेट स्पिनर सन्दीप लामिछानेको नाममा रह्यो। उनले १४ बलमा ५ रन बनाएर खेलिरहेका आगा सलमानलाई कुशल भुर्तेलको हातबाट क्याच गराए।

नेपालले आजको खेलबाट एशिया कपका डेब्यू गरेको छ। नेपालले गत वैशाखमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले एशिया कप खेलेको हो।

नेपाली क्रिकेट टोलीले पहिलो पटक पाकिस्तानको सामना गरेको हो। पाकिस्तान हाल आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ।

सन् १९८४ बाट सुरु भएको एशिया कप खेल्ने नेपाल आठौं राष्ट्र हो। यसअघि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान‚ हङकङ र संयुक्त अरब इमिरेट्स (युएई) ले एशिया कप खेलेका थिए।

नेपालले दोस्रो खेल सोमबार भारतसँग खेल्नेछ।

Comments
Share
56
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki