Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

कोशी प्रदेशकी उपसभामुख काठमाडाैँ तर्फ, मुख्यमन्त्रीकाे विश्वासको मत अनिश्चित

Monday, August 21, 2023
कोशी प्रदेशकी उपसभामुख काठमाडाैँ तर्फ, मुख्यमन्त्रीकाे विश्वासको मत अनिश्चित
2.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौैँ – कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।

सोमबार बिहान ८ बजे प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएकी उपसभामुख बैठकमा उपस्थित नभई काठमाडाैँ तर्फ जानुभएको छ । उहाँले स्वकीय सचिव मार्फत प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको हो ।

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । थापाले भदौ ३ गते आइतबार विश्वासको मत लिने चाहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिनुभएकोमा उपसभामुख दनुवारले ४ गते दिउँसो १ बजेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्न समय निर्धारण गर्नुभएको थियो । तर, बैठक अगाडि नै उहाँ बिरामी परेको भन्दै अनुपस्थित रहेपछि प्रदेशसभाको बैठक सँगै विश्वासको मत लिने मुख्यमन्त्रीको तयारीसमेत अनिश्चित बनेको छ ।

Order Cake Order Cake Order Cake

तर, उपसभामुख दनुवारले प्रदेशसभा सचिवालयमा बिहान ९ बजे पत्र पठाएर आफ्नो अनुपस्थितिमा प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न जिम्मेवारी दिएको जानकारी गराउनुभयो । सदस्य मन्सुरी नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेशसभा नियमावलीको नियम ११ (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न चार जना सदस्य मनोनीत भइसकेको र  पहिलो वर्णानुक्रममा रहेका सदस्य अम्बरबहादुर विष्ट र मालतीकुमारी लिम्बुले बैठकमा अनुपस्थित रहने सूचना दिइसकेको अवस्थामा दोश्रो क्रमसङ्ख्या र दोस्रो वर्णानुक्रममा रहनुभएका मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएको उपसभामुखको पत्रमा उल्लेख छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । कुल ९३ सदस्यमध्ये सत्ता गठबन्धनसँग ४७ सदस्य भए पनि उपसभामुखले प्रदेशसभाको अध्यक्षता नगरी गठबन्धन सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिदिएका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था टरेको हो ।

उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन नगरी काठमाडौँ तर्फ लागेपछि सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् ।

Comments
Share
48
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki