काठमाडौैँ – आकर्षक इनिसियल ओपनिङ गरेको दक्षिण भारतीय चलचित्र ‘जेलर’ले बक्सअफिस कलेक्सन चार सय करोडभन्दा माथि गरेको छ ।
गत बिहीबार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको सिनेमाले पहिलो दिन नै ४८ करोड भारतीय रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको थियो ।
७ दिनमा भारत र ओभरसिज मार्केट गरेर चार सय अठचालिस करोडभन्दा माथि ग्रस कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘जेलर’को इन्डिया कलेक्सनले दुई सय पच्चिस करोडको अंक पार गरिसकेको र विश्वव्यापी आम्दानी चार सय पचास करोड रूपैयाँभन्दा माथि रहेको समाचारमा उल्लेख छ ।
‘जेलर’ले तमिलनाडु राज्यमा मात्रै पहिलो दिन २८ करोड भारु कलेक्सन गरेको थियो । कर्नाटकमा १३ करोड कलेक्सन गरेको थियो ।
दक्षिण भारतमा रजनीकान्तको लोभलाग्दो क्रेज छ ।







