काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टीतेलमा १४ रुपैयाँ बढाएको हो ।
बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय ७५ र डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १६४.५ भएको छ।
इन्डियन आयल कार्पोरेशनबाट पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

Comments
Share







