Saturday, June 14, 2025
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आजदेखि मलमास समाप्त हुँदै

Wednesday, August 16, 2023
आजदेखि मलमास समाप्त हुँदै
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – यही २ साउनदेखि सुरु भएको अधिकमास अर्थात् मलमास आज समाप्त हुँदैछ ।

सामान्यतया एउटा सौरमासमा दुईवटा औँसी पर्दा अधिकमास हुन्छ। यो महिना साउन २ गते र बुधबार औँसी परेको हो। बुधबार दिउँसो २१ घडी ५ पला अर्थात् २ बजेर १ मिनेटसम्म औँसी तिथि छ।

भगवान् विष्णु अर्थात् पुरुषोत्तम​को आराधना गरिने भएकाले मलमासलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ।

Order Cake Order Cake Order Cake

मलमासको अन्तिम दिन आज श्रद्धालुले व्रत, उपवास, विष्णु भगवानको जप, पूजा, भजन कीर्तन तथा पुराण पाठ गर्नुका साथै दान गर्ने प्रचलन छ। काँसको थालमा भगवान् विष्णुका नामले ३३ वटा मालपुवा राखेर घिउ, तिल र सुनको प्रतिमासहित वस्त्रले ढाकेर दान गर्ने परम्परा छ।

प्रत्येक तीन वर्षमा एकपटक आउने मलमास अवधिमा कुनै पनि शुभ र नयाँ कार्यको थालनी गर्न नहुने परम्पराअनुसार यो बीचमा कुनै चाडपर्व नपरेका नेपाल पञ्चाग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डा.रामचन्द्र गौतमले बताए।

मलमास सम्पन्न भएसँगै शुद्ध महिनाका तिथि शुरु हुनेछ। मलमासका कारण यो वर्ष जनैपूर्णिमा, तीज, सोह्रश्राद्ध, दशैँ र तिहार जस्ता चाडपर्व एक महिना पछाडि धकेलिएका छन्।

सूर्यमानअनुसार वर्षमा ३६५ दिन र चान्द्रमान अनुसार वर्षमा ३५४ दिन हुन्छ। यसरी हेर्दा सूर्य र चन्द्रमानबीच वर्षमा लगभग ११ दिनको फरक आउँछ। तीन वर्षमा ३३ दिनको फरक पर्ने भएपछि त्यही एक महिनालाई अधिकमास भन्ने गरिएको हो।

अधिकमास पर्ने वर्षमा सूर्यमानअनुसार वर्षमा १२ वटै महिना रहे पनि चान्द्रमान अनुसार १३ वटा महिना पर्न आउँछ। सूर्य र चन्द्रमाको गति मिलाउन अधिकमास पर्छ।

Comments
Share
49
Shares

Related Posts

मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर

मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र

आज विश्व पृथ्वी दिवस : पर्यावरण र वातावरण संरक्षणमा जोड दिएर मनाइँदै
ताजा अक्षर

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सरकारद्वारा पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रको प्रवेश गराउने विषयमा अध्ययन सुरु
ताजा अक्षर

डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो

रास्वपाको पहिलो महाधिवेशन वैशाखमा
ताजा अक्षर

रास्वपाको पहिलो महाधिवेशन वैशाखमा

एमाले अध्यक्ष ओलीले जाँदाजाँदै पनि  प्रतिनिधिसभा पुन:स्थापनालाई असंवैधानिक कदमको संज्ञा दिए
ताजा अक्षर

संसदमा आज प्रधानमन्त्री ओलीले विपक्षीलाई जवाफ दिँदै

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा
ताजा अक्षर

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
मन्त्रीको राजीनामासँगै शिक्षकहरुको माग सम्बोधन गर्ने प्रयास अलपत्र
ताजा अक्षर
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
ताजा अक्षर
डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घट्यो
ताजा अक्षर
रास्वपाको पहिलो महाधिवेशन वैशाखमा
ताजा अक्षर
समाचार
कक्षा १२ को परीक्षा सार्नेबारे राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी
समाचार
भारतका विद्युत मन्त्री खट्टर नेपाल आउँदै
समाचार
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका जोशी ८ मतले विजयी, अरु पदमा अनेरास्ववियु
समाचार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki