Monday, May 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आर्थिक क्षेत्रमा देखिएको समस्याले आम्दानी कम हुँदा दैनिक उपभोग्य वस्तुको आयातमा गिरावट

नागरिक दैनिक

Monday, August 14, 2023
आर्थिक क्षेत्रमा देखिएको समस्याले आम्दानी कम हुँदा दैनिक उपभोग्य वस्तुको आयातमा  गिरावट
5.3k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – मुलुकको अर्थतन्त्रमा समस्या देखिएर उपभोक्ताको उपभोग क्षमतामा ह्रास आउँदा दैनिक उपभोग्य वस्तुको आयातमा ठूलो गिरावट आएको छ। कृषि तथा पशुजन्य वस्तुको अपेक्षित उत्पादन वृद्धि नभए पनि आयात भने घटेको छ।

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा करिब ७३ अर्ब रूपैयाँका कृषि तथा पशुजन्य वस्तुको आयात कम भएको छ। आर्थिक वर्ष २०७८/७९ मा ३ खर्ब १५ अर्ब रूपैयाँका कृषि तथा पशुजन्य वस्तु आयात भएकोमा गत आवमा २ खर्ब ४२ अर्ब रूपैयाँका कृषि तथा पशुजन्य वस्तु आयात भएको छ।

अर्थतन्त्रमा देखिएको समस्याले क्रयशक्ति कमजोर भएकाले उपभोग कम हुँदा आयात घटेको पूर्व कृषि सचिव डा.योगेन्द्रकुमार कार्की बताउँछन्। ‘कोभिडपछि धेरै होटल राम्रोसँग चलेका छैनन्। फुटपाथ पसल गर्ने गाउँ फर्किएका छन्,’ कार्कीले भने, ‘सहरका मान्छे गाउँ गएकाले पनि केही खपत घट्यो।’

Order Cake Order Cake Order Cake

तरकारी, फलफूल लगायतका वस्तुमा भने केही उत्पादन बढेकाले पनि आयात घटेको कार्कीले बताए। ‘केहीमा फुड ह्याविट चेन्ज भएको छ,’ कार्कीले भने। कोभिडपछि आर्थिक क्षेत्रमा देखिएको समस्याले आम्दानी कम हुँदा उपभोग पनि कम भएको छ।

नेपालमा उत्पादन वृद्धि भएर कृषि तथा पशुजन्य वस्तुको आयात घटेको भने होइन। स्वदेशमा उत्पादन बढेर आयात कम हुनु अर्थतन्त्रका लागि सकारात्मक भए पनि उपभोक्तामा क्रयशक्तिमा ह्रास भएको कारण खाद्यवस्तुको आयात घटेको हो।

सबैभन्दा धेरै खाद्यान्नको आयात १७ अर्ब रूपैयाँले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा ७४ अर्ब २८ करोड रूपैयाँको अनाज (चामल, मकै, गहुँ लगायत) आयात भएकोमा आव २०७९/८० मा ५६ अर्ब ६२ करोड रूपैयाँका मात्र आयात भएको छ।

तरकारीको आयात पनि ४ अर्ब ६७ करोड रूपैयाँको कम भएको छ। अघिल्लो आवमा ३६ अर्ब ५४ करोड रूपैयाँका तरकारी आयात भएकोमा गत वर्ष ३१ अर्ब ८७ करोड रूपैयाँका तरकारीजन्य वस्तु आयात भएको थियो।

फलफूल तथा नटको आयात पनि करिब साढे ४ अर्ब रूपैयाँले घटेको छ। अघिल्लो वर्ष २४ अर्ब ९९ करोड रूपैयाँका फलफूल तथा नट आयात भएकोमा गत वर्ष २० अर्ब ५६ करोड रूपैयाँको मात्र आयात भएको छ।

भन्सार विभागका अनुसार धान, चामल, मकै, गहुँ, आलु, केरा, सुन्तला, प्याज, स्याउ, तरकारी लगायतका वस्तुको आयात घटेको हो। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु पनि विदेशबाट आयात हुँदै आएको छ। कृषि तथा पशुजन्य वस्तुको आयात घटाउन सरकारले आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरे पनि अपेक्षित रूपमा उत्पादन बढ्न सकेको छैन।

रुस–युक्रेन युद्धले पनि गहुँ, चामल लगायतका खाद्यान्न भारत, रसिया लगायतका देशमा आउन केही कमी आएको थियो। भारत लगायत विभिन्न मुलुकले लगाएको प्रतिबन्धको कारण पनि केही वस्तुको आयातमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

आयात घट्नुको कारण बारेमा अध्ययन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सवनम सिवाकोटी अर्यालले बताइन्। ‘केही खाद्यवस्तुमा आयात हुने मुलुकमा लगाइएको प्रतिबन्धले असर गरेको छ,’ उनले भनिन्, ‘तर, प्रतिबन्ध नलगाइएका वस्तुको पनि आयात घटेकाले अध्ययन गरिरहेका छौं।’

मुलुकको अन्तर्राष्ट्रिय व्यापारमा कमी आए पनि खाद्यवस्तुको आयात घटेको विषय अध्ययनको विषय हो। आयात घटे पनि अहिले मुलुकमा पुग्ने खाद्यवस्तु उत्पादन हुन सकेको छैन। मुलुक कृषि तथा पशुजन्य वस्तुको आयातमा परनिर्भर रहेको छ।

आयात घटे पनि अझै स्वदेशमा उत्पादन गर्न सकिने वस्तु आयात भैरहेकै छ। हरेक दिन उपभोक्ताले बिहान–बेलुका तरकारीमा प्रयोग गर्ने धनिया, जिरालगायत मसला अर्जेन्टिना, रुस, नामिबिया, भारत, बुल्गेरिया लगायतका मुलुकबाट ल्याइन्छ।

पाखोबारीमा फलाउन सकिने बेसार भारत, म्यानमार, चीन, जापान, पाकिस्तान, युनाइटेड अरब इमिरेट्सबाट आउने गरेको छ। तरकारीका रूपमा प्रयोग हुने सोयाविन अमेरिका, क्यानाडाबाट आयात हुने गरेको छ।

कृषि तथा पशुजन्य वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने सरकारी योजना अलपत्र छ। उत्पादन वृद्धि गर्न अनुदान, उत्पादित वस्तुको बजार सुनिश्चित, मल, बिउ, प्रविधि, सिँचाइको सहज पहुँच नहुँदा कृषिमा आकर्षण बढ्न नसकेको सरोकारवाला बताउँछन्। बेलाबेलामा स्वदेशमा उत्पादन गर्न सकिने वस्तुको आयात प्रतिस्थापन गर्ने बहस चले पनि त्यसले सार्थकता पाउन सकेको छैन। मुलुकमा नाकाबन्दी भएका बेला स्वदेशी उत्पादन बढाउने बहस जोडतोडले चलेको थियो तर अहिले भने सेलाएको छ।

Comments
Share
43
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki