Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

न्यु मिडियालाई स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण : मन्त्री शर्मा

गाेरखापत्र दैनिक

Tuesday, August 8, 2023
न्यु मिडियालाई स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण :  मन्त्री  शर्मा
5.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो।

 “न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”

मन्त्री शर्माले सञ्चारमाध्यमले समाजको सकारात्मक पक्ष उजागर गर्न आवश्यक रहेको बताउनुभयो। “एउटा पत्रकारले बदमासी ग-यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी ग-यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी ग-यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ। हामी अलि बढी नकारात्मक समाचारमा रमाउन थालेका छौँ। नकारात्मक मात्रै छ कि जस्तो भयो। समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ,” उहाँले भन्नुभयो।

Order Cake Order Cake Order Cake

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझाव अनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो। “हामीले के गरिरहेका छौँ ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्नेजस्ता विषयमा पनि प्रस्ट सुझाव आओस्,” उहाँले भन्नुभयो।  कार्यक्रममा न्यु मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यु मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो। उहाँले न्यु मिडियालाई पत्रकार आचारसंहिता र मूल्यमान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो।

Comments
Share
69
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki