काठमाडौँ – ललिता निवास प्रकरणमा मुछिएका चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौँले प्रहरीलाई पक्राउ अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो। उनीहरुविरुद्ध हिजै पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले जानकारी दिए।
आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रिपरिषद्बाट जग्गा सट्टाभर्ना निर्णय गराएकाे र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारी जग्गा टिकिन्छा गुठीमा लैजान मन्त्रिपरिषद्बाट निर्णय गराएकाेले अनुसन्धानकाे लागि सर्वोच्च अदालतबाट अनुसन्धानको दारयरा ल्याउन सरकारलाई आदेश दिएको थियो । आदेश आएकै दिन जिल्ला अदालतले पनि तीन पूर्वमन्त्री गच्छार, श्रेष्ठ र जोशीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
२०६६/२०६७ तिर माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री गच्छार र श्रेष्ठ भूमि सुधार मन्त्री थिए । बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९ मा जोशी भूमि सुधार मन्त्री थिए । गच्छार र श्रेष्ठ प्रधानमन्त्री, प्रधानन्यायाधी र समामुखको सरकारी निवास विस्तारका नाममा ललिता निवासको जग्गामा नक्कली मोही खडा गर्ने र नक्कली मोहीलाई सट्टा भर्ना दिने निर्णय भएको थियो ।







