काठमाडौँ – नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विधान महाधिवेशन गर्ने भएको छ।
बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा विधान महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।
माओवादीका केन्द्रीय सदस्य झपट बहादुर साउदका अनुसार अध्यक्ष प्रचण्डले भदौबाट ३ महिने पार्टी सुदृढीकरण अभियान समेत सञ्चालन गर्ने प्रस्ताव गरेका छन्। स्थानीय तहसम्म नेता कार्यकर्ता पुग्नेदेखि वडास्तरबाट सदस्यता वितरण गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले गरेका छन्।
बुधबार सुरू भएको केन्द्रीय समिति बैठक राजधानीको प्रज्ञाभवन कमलादीमा पाँच दिनसम्म सञ्चालन हुनेछ।







