काठमाडौँ – कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
सभामुखको राजीनामापछि बहुमत पुर्याएर थापाले सत्ता गठबन्धनका तर्फबाट दाबी पेस गरेका थिए। उनले बहुमत सांसदको हस्ताक्षरसहित मंगलबार साँझ पौने ५ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। सभामुखले राजीनामा दिएसँगै माओवादी केन्द्रका १३, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसदको समर्थन जुटाइएको हो।
यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेका कारण थापा २२ दिनमै सर्वोच्चको आदेशले पदमुक्त भएका थिए।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन । थापाको भोलि साढे १० बजे शपथको ग्रहणको कार्यक्रम तय गरिएको छ ।







