काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ ।
आज दिउँसो ३ बजे बस्ने तय भएको बैठक स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
अगामी साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका विषयमा छलफलका लागि बैठक बोलाइएको थियो ।
उनका अनुसार बैठक साेमवार (भोलि) बस्ने बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि शनिबार बसेको थियो ।
Comments
Share







