सत्तारूढ नेकपा माओवादीले पदाधिकारी बैठक बोलाएको छ । यही साउन १७ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेण्डा तय गर्न माओवादीले दिउँसो ४ बजे बालुवाटारमा पदाधिकारीको बैठक बोलाएको माओवादी सचिव नेता देवेन्द्र पौडेलले दिए ।
उनका अनुसार पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ । ‘१७ साउनदेखि माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा विशेष महाधिवेशन, संगठन विस्तार, सरकारका कार्यसम्पादनसहितका विषयमा छलफल हुँदैछ’ पौडेलले भने, ‘केन्द्रीय समितिको यी सहितका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो ।’
यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डबारे छलफल गरेको थियो ।
सोही छलफलमा उठेकासहितका विषयलाई पदाधिकारीले एजेण्डाका रूपमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने तयारी गरेको छ । माओवादीमा लामो समयपछि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।







