Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

भ्रष्टाचारको ‘नेक्सस’ ठूलै छ, सत्ता गठबन्धन पनि शुद्ध छ भन्न सकिन्नँ : गृहमन्त्री श्रेष्ठ

Tuesday, July 25, 2023
भ्रष्टाचारको ‘नेक्सस’ ठूलै छ, सत्ता गठबन्धन पनि शुद्ध छ भन्न सकिन्नँ : गृहमन्त्री श्रेष्ठ
3.6k
VIEWS
Website Development Website Development Website Development

गाेरखा – गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गर्नुभएकाे छ । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई पनि उहाँले अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गर्नुभयो ।

गृहजिल्ला गोरखामा प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गलत प्रवृत्ति भएका पात्रहरू सत्ता गठबन्धनभित्रै पनि हुन सक्ने बताउनुभयो । उहाँले सत्तापक्षकै सांसदले आफ्नो राजीनामा मागेको विषयलाई अस्वाभाविक रूपमा नलिएको पनि बताउनुभयो ।

‘यो समाजमा त्यत्रो ठूलो समस्या छ र त हामी भ्रष्टाचार विरोधी, अनियमितता विरोधी, बेथिति विरोधी अभियान चलाइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीहरूको नेक्सस ठूलै छ । विभिन्न ढङ्गबाट भ्रष्टाचार विरोधी अभियानलाई रोक्न प्रयास भइरहेको छ तर त्यो प्रयत्नलाई हामी असफल पार्छाैँ ।’

Order Cake Order Cake Order Cake

सत्ता गठबन्धनबाटै पनि भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको हो भन्ने जिज्ञासामा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘हुन सक्छ, हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको हाम्रो गठनबन्धन नै शुद्धै शुद्ध छ भन्न त सकिन्नँ नि ।’ नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणको अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो । ‘अनुसन्धानमा विराम लागेको छैन, जारी छ । तथ्य प्रमाणले जहाँसम्म पुग्नुपर्छ, सरकार पुग्छ । ठूलो होस् कि सानो होस् दोषी छ भने कानुनको दायरामा जो कोही आउँछ’, उहाँले भन्नुभयाे ।

गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको विषयलाई सरकारले निकै गम्भीर र संवेदनशीलरूपमा लिएको बताउनुभयो । विमानस्थलको सुरक्षालाई सरकारले नयाँ ढङ्गले व्यवस्थापन गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको उपस्थितिमा एअरपोर्टका सबै निकायहरूसँग छलफल गरेका छौँ, नयाँ ढङ्गले व्यवस्थापन गर्नुपर्छ भन्ने सोच बनाएका छौँ’, उहाँले भन्नुभयो, ‘प्रारम्भिक कदमको रूपमा हामीले आगमन कक्षमा कहीँ पनि लगेज वा कार्गोको स्क्रिनिङमा प्रहरीको उपस्थिति नै नहुने अहिलेको अवस्था छ, त्यसलाई परिवर्तन गरेर त्यहाँ पनि प्रहरीको उपस्थिति गराउने र अरूको हकमा चाहिँ प्रविधिसहित नयाँ ढङ्गले त्यसको व्यवस्थापन गर्ने गरी तयारी गरिरहेका छौँ ।’

सुन प्रकरणको अनुसन्धान पनि अघि बढिरहेको भन्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानका क्रममा जरैसम्म पुग्नका लागि निर्देशन दिएको र  त्यसका आधारमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

Comments
Share
84
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki