Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूकाे नेतृत्व परिवर्तन गर्ने अठोट : कांग्रेसको केन्द्रीय समिति बैठक

Monday, July 24, 2023
कांग्रेसको पदाधिकारी  बैठक: बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीकाे प्रस्ताव माथि छलफल हुने
6.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – करिब एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक ६ दिनसम्म चल्यो । साउन २ गतेबाट सुरू भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरू विभाजित भएर सभापति भर्सेज महामन्त्रीद्वयमा विभाजित भए ।

एजेन्डा भन्दाबाहिर गएर सभापति शेरबहादुर देउवा निकटहरू सभापति बचाउन र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विरोधमा उत्रदा महामन्त्रीनिकट केन्द्रीय सदस्यहरू भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सुशासनको विषयलाई लिएर बैठकमा बोलेका छन् । उनीहरूले नेतृत्व परिवर्तन गर्ने अठोट नै राखेका छन् । दुवै महामन्त्रीले अहिलेको नेतृत्वको ग्रेसफुल एग्जिटको विषयमा धारणा राखे ।

छैटौँ दिनसम्ममा बैठक आइपुग्दा सबै केन्द्रीय सदस्य, पदाधिकारी तथा मन्त्रीहरूले बोले । सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिए । यस्तै सोमबारकै बैठकमा उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले धारणा राखेका छन् ।

Order Cake Order Cake Order Cake

बैठकको पाँचौँ दिनसम्म महामन्त्रीद्वयलाई सभापतिको आलोचना गर्दै हिँडेको, आफैँलाई संसदीय दलको नेतामा पराजित गरेका शेरबहादुर देउवालाई नेतृत्वबाट निकाल्छु भन्दै हिँडेको, पार्टीको कुरा मिडियामा छताछुल्ल पोखेर पार्टीको बदनाम गरेको भन्दै प्रश्न उठेको थियो । यतिसम्म देउवाबाट मनोनीत भएका केन्द्रीय सदस्यहरूले ‘लिमिट क्रस’ गरे महामन्त्रीको विकल्प खोज्ने भन्दै चेतावनी दिएका थिए ।

सोमबारको बैठकमा महामन्त्रीद्वयले यी प्रश्नको जवाफ दिएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रुपान्तरणका लागि ‘एग्जिट पोलिसी’ को पक्षमा धारणा राखे । नेतृत्व परिवर्तन गर्ने विषयमा अनेक कोणबाट उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले राजनीतिक दलहरूले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरू भइरहने प्रवृत्तिको अन्त्य हुने उल्लेख गरे । शर्माले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि एग्जिट पोलिसीहरू महत्वपूर्ण पदका लागि आवश्यक भएको बताएका छन् ।

“राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो । त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो । केही वर्षअघि लहर चलेको थियो,” शर्माले बैठकमा भने, “७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनिएको थियो । उमेर नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ । हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो पाँच पटक हुन्थें भन्ने सोच्दैन । त्यसैले एग्जिट पोलिसी आवश्यक छ ।”

शर्माले पार्टीमा भएका कमीकमजोरी सबैले स्वीकार गर्नुपर्ने जिकिर गरे । बैठकमा उठेका विषयहरूमा आफू सकारात्मक भएको भन्दै उनले आफूले कमजोरी गरेको मुस्कुराएर आत्मसाथ गर्ने बताए । आफूहरूले बोलेको कुरा सभापतिलाई खुइल्याएको रूपमा अर्थ लगाउन नहुने पनि उनको धारणा थियो । साथै उनले शेखर कोइरालाले बैठकमै अरु दलविरुद्ध नबोल्न चिट दिएको भन्ने अभिव्यक्ति सत्य नभएको बताए ।

“मेरो भागको कमजोरी मुस्कुराएर आत्मसाथ गर्छु । शेखर कोइरालाले अन्य दलको बारेमा पटक्कै नबोल्नु भन्नुभयो । मैले पटक्कै भनेर लेखेको छैन,” उनले बैठकमा भने । कार्यतालिका कार्यान्वयनको होला भनेर प्रश्न उठेको भन्दै उनले आशंका होइन अठोटका साथ अघि बढे कार्यान्वयन हुने बताए ।

अनि गगनले देउवाकै अघि नेतृत्व परिवर्तन गर्छु भने
अन्य केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई सात मिनेट बोल्न दिएपनि महामन्त्री र उपसभापतिद्वयलाई आधा घण्टाबढी समय बोल्नका लागि दिइएको थियो ।

बैठकमा महामन्त्री शर्मापश्चात् गगन थापाले आफ्नो धारणा राखे । कांग्रेसको जारी बैठकमा संस्थापन टिमले गगनमाथि धेरै प्रश्न उठाएको थियो । गगनलाई बोली र व्यवहार समान नभएको, आफ्नै दलको नेताविरुद्ध बोलेको, पार्टीको शाख गिराउने काम गरेको, महामन्त्री भएपनि पार्टीलाई सुधार गर्न नसकेको लगायत प्रश्न उठाइएको थियो ।

उनले बैठकमा पार्टी सभापति शेबरहादुर देउवाकै अघि नेतृत्व परिवर्तन गर्न आफू निरन्तर लागि पर्ने बताए । नेतृत्व परिवर्तनको कुरा गर्दा पार्टी फुटाउन लागेको हो भन्ने प्रश्न आउने गरेको भन्दै उनले आफू पार्टी फुटाउन नभइ नेतृत्व परिवर्तनमा लागि परिरहने बताए । साथै उनले यससम्बन्धी थप प्रश्न नगर्न पनि केन्द्रीय नेतृत्वलाई आग्रह गरे ।

“किन आत्तिएको, मैले पार्टी फुटाउन लागेको हो र ? मैले त नेतृत्व परिवर्तनको कुरा गरेको हो । अब कसैले प्रश्न नसोध्नुहोला । म नेतृत्व बदल्न लागिरहन्छु,” थापाले भने, “नेपाली कांग्रेसको संसदीय दलको नेता बदलने प्रयास गरे । त्यो माने । अनि त्यसो भए चुप लागेर बस्ने ? मलाई थाहा छ, गाह्रो छ । सांसदलाई मत हाल्ने लाखौँ मतदाता छ, गाह्रो भन्दैमा ठिक भएको कामा छोड्ने त होइन ।”

उनले पार्टी जमेको पोखरी भएको भन्दै म्युजिकल चियर बदल्नुपर्ने बताए । ३०/३५ वर्षदेखि ४, ५ जना म्युजिकल चियर खेले जस्तो भएकाले यो बदल्न आफू लागि परेको उनले बैठकमा कुरा राखे ।

२०८२ सालमै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने भन्दै उनले संविधानको परिमार्जनको विषयमा समेत उनले धारणा राखे । यस्तै, आफूद्वय (महामन्त्रीद्वय)ले बैठकमा राखेको एजेन्डालाई एनजीओकोे विस लिस्ट भन्ने आरजु राणासम्मलाई जवाफ दिन भ्याए ।

आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताएकी थिइन् । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

“साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन,” उनले भने ।

सुशासन र भ्रष्टचारको विषयमा एक स्वर : खाँणलक्षित निलम्बनमा जोड
महामन्त्रीद्वयले भ्रष्टाचार र सुशासनको विषयमा एक स्वर देखाएका छन् । उनीहरूले सानादेखि ठूला भ्रष्टचार तथा अख्तियार दुरुपयोग घटनामा संलग्न भएका पार्टी नेताहरू निलम्बनको विकल्प नभएको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणप्रति लक्षित गर्दै उनीहरूले निलम्बनको पक्षमा आवाज उठाए ।

थापाले फौजदारी अभियोग लागेकाहरूका विषयमा १३ बुँदे लिखित प्रस्ताव राखेका छन् । उनले पार्टीबाट स्वतः अलग बस्नुपर्ने धारणा राखे । बैठकमा बोल्दै उनले अलग नबसे पार्टीले निलम्बन गर्नुपर्ने धारणा राखे । उनले नेपाली कांग्रेसले नेपाल सरकारकोले अघि बढाएको कुरामा साथ दिनुपर्ने बताए । साथै उनले कांग्रेस भएको नाममा अत्तिरित्त छुट पाउने वा अत्तिरिक्त भारी बोक्ने अवस्था आउन नहुने बताए ।

“फौजदारी अभियोग लाग्छ भने कुनै पनि व्यक्तिले पार्टीको हित हेरेर पार्टीबाट अलग राख्नुपर्छ जुन बेलासम्म फैसला हुँदैन र यदि अवस्था त्यस्तो नभए पार्टीले निलम्बन गर्नुपर्छ,” उनले भने ।

फैसला नआउन्जेल हुने निलम्बनलाई कारबाहीको रूपमा बुझ्न नहुने भनाइ उनको छ ।

महामन्त्री शर्माले पनि भ्रष्टाचारको फाइल खोल्दै गर्दा तागतको पछाडि कांग्रेस भएको बताए । बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी वा ललिता निवास जे भएपनि व्यक्तिको विषय गौण हुने बताए ।

“भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ । सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तिकरण गर्ने काम हामीले गरेका हौँ,” शर्माले भने ।

आफ्नै दलका नेता बालकृष्ण खाँणप्रति संकेत गर्दै उनले यी विषयको कुुरा गर्दा आफ्नै दलका नेता परे पनि कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने कुरा नहुने भन्ने बताए ।

“कांग्रेसले काुनन बनाउने तर कानुन नलाग्ने भन्ने हुँदैन । भ्रष्टाचार निवारण ऐन २०५९ कांग्रेसले बनायो । मुलुकी संहिता २०७४ कांग्रेसले बनायो,” उनले भने, “हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नु भयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ । अहिले अरू दलले निलम्बन गर्‍यो गरेन भन्नेमात्रै होइन।”

साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी राखेर स्थगित भएको छ । केन्द्रीय सदस्य हुँदै आज बाँकी पदाधिकारीले बोलेका छन् । सभापति देउवाले बुधबार अपराह्न ४ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ पनि त्यही बैठकमा दिने बताएका छन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले सम्बोधन गर्ने तयारी गरेका छन् ।

Comments
Share
87
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki