काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज छैटौँ दिन केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ ।आइतवारको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गरेका छन् ।
साउन २ गतेदेखि जारी बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, स्वास्थ्य तथा जनसंख्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण पेश गरेका छन् ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले प्रस्तावमाथि धारणा राखिरहेका छन् ।
आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।







