Wednesday, June 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन, आयोजना ‘रेडी टु गो’ को अवस्थामा छ : प्रधानमन्त्री

Wednesday, July 19, 2023
बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन, आयोजना ‘रेडी टु गो’ को अवस्थामा छ : प्रधानमन्त्री
3.2k
VIEWS
Website Development Website Development Website Development

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाइने बताउनुभएको छ । बुधवार गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले छिटै निर्माण कार्यको पनि शिलान्यास गरिने बताउनुभयो ।

‘हिजो साँझमात्रै ऊर्जा मन्त्रालयको आयोजनामा सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भयो, म ढुक्कसँग तपाईँहरूको सामु भन्न सक्ने भएर आएको छु कि यो आयोजना निर्माणको काम हरहालतमा अघि बढ्छ’, उहाँले भन्नुभयो, ‘पूर्वतयारीका काम लगभग सकिएको छ, लगानीको स्रोतको पनि एउटा टुङ्गो लागेको छ, बुढीगण्डकी ‘रेडी टु गो’ को अवस्थामा पुगेको छ ।’

जलाशययुक्त आयोजना भएकाले बर्खामा बिजुलीकाे उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति यो आयोजना बनेपछि समाधान हुने प्रधानमन्त्रीले बताउनुभयो । अबको २०/३० वर्षसम्ममा उत्पादन धेरै र खपत कम हुने अवस्था आउने भएकाले देशभित्रै बिजुली खपत बढाउन सरकारले गृहकार्य गरिरहेको उहाँको भनाइ छ । स्वदेशमा खपत बढाएसँगै भारत र बङ्गलादेशमा बिजुली बिक्री गरिने प्रचण्डले बताउनुभयो ।

Order Cake Order Cake Order Cake

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनालाई सामान्य जलविद्युत् आयोजनाको रूपमा मात्र लिन नहुने बताउनुभयो । बहुउद्देश्यीय यो आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्नुपर्ने भन्दै उहाँले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्नुभयो, ‘यता र उता गर्दैमा १० वर्ष खेर फाल्याैँ, अब चाहिँ आयोजना निर्माणको मोडालिटी के हो ? कसरी बनाउन खोज्नुभएको हो ? ‘

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् बुढीगण्डकी जलविद्युत् कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्र गोरखा र धादिङका सांसदहरूले आयोजना निर्माण कार्य छिटो शुरु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सरकारले आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । आयोजना निर्माणका लागि बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको हो । परामर्शदाता कम्पनी फ्रान्सको ट्रयाकबेल इन्जिनियरिङले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहने उल्लेख छ ।

अहिलेको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहने भनिएको छ । अहिलेसम्म गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ ।

यस्तै २२ हजार चार सय तीन घरगोठलगायत अन्य भाैतिक संरचना, सात लाख ८७ हजार आठ सय ५४ वटा बोटबिरुवा तथा फलफूको क्षतिपूर्तिबापत जग्गाधनीलाई छ अर्ब ९१ करोड रुपैयाँ वितरण गरिएको छ ।

आयोजनाबाट भौतिक तथा आर्थिकरूपमा गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुने छन् । यसमध्ये तीन हजार पाँच सय ६० घरपरिवार पूर्णरूपमा विस्थापित हुने छन् । गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ । बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ । जसबाट धादिङका १० वटा पालिका प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलशतह पाँच सय ४० मिटरसम्म रहने छ । आयोजनाबाट वार्षिकरूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।

Comments
Share
68
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki