Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आज देखि सुरू भएको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पार्टीको एक वर्षको क्यालेन्डर पेस

२२ विभाग थपि ७० विभाग पुर्‍याउने

Tuesday, July 18, 2023
आज देखि सुरू भएको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा पार्टीको एक वर्षको क्यालेन्डर पेस
6.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- आज देखि सुरू भएको नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक केही दिन लम्बिने भएकाे छ । बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेस भएका छन् । अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ । मंगलबार ११ बजेदेखि बस्ने बैठक लाइभ गर्ने तयारी कांग्रेसको छ ।

के के भयो पहिलो दिनको बैठकमा ?

विधानसम्वत् प्रत्येक दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपश्चात् बसेको बैठकमा विभिन्न विषयहरू प्रवेश भएको छ । विभिन्न प्रतिवेदन प्रस्तुत भएको छ । गएको मंसिरमा भएको निर्वाचन र त्यसको प्रतिवदेन पनि बैठकमा प्रस्तुत भएको छ ।

Order Cake Order Cake Order Cake

विधानसम्वत् पार्टी र बैठक नचलेको गुनासो बढीरहँदा केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव बैठकमा प्रस्तुत भएको छ । महामन्त्री गगन थापाले अहिलेको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव सोमबारको बैठकमा पढेर सुनाएका हुन् ।

थापाले एकवर्षे कार्ययोजना प्रस्तुत गर्दै अबका बैठक असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बस्ने प्रस्ताव गरेका छन् । साथै, वर्षमा न्यूनतम दुई बैठक काठमाडौंबाहिर गर्ने प्रस्ताव पनि थापाले गरेका छन् ।

बैठकमा महामन्त्री थापाले पार्टीको एक वर्षको क्यालेन्डर पेस गरे । थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

थापाले प्रस्तुत गरेको क्यालेन्डरअनुसार हरेक महिना एक विशेष उद्देश्यसहितका कार्यक्रम तोकिएका छन् । क्यालेन्डरअनुसार केन्द्रीय सदस्यहरूले वर्षको एक महिना पार्टीको कामबाट बिदा पाउने छन् । त्यसबाहेक ११ महिना कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न हुनुपर्नेछ ।

महामन्त्री थापाले प्रस्ताव गरेको क्यालेन्डरअनुसार साउनमा हरियाली महिनाको रुपमा वातावरण विशेष कार्यक्रमहरु रुख रोप्ने, युवा र भ्रातृ संस्थाहरुसँग बैठक गर्नेलगायत कार्यक्रम गरिनेछ । त्यस्तै, भदौलाई साहित्यिक महिनाका रुपमा साहित्य विशेष सांगठनिक अभियान सञ्चालन गर्ने र त्यसक्रममा दिवानसिंह राई स्मृति दिवसमा विचार गोष्ठीदेखि मधेसका सबै जिल्लामा प्रदीप गिरी संवाद कार्यक्रम सञ्चालन हुनेछ । कांग्रेसले असोजलाई उत्सवको महिनाका रुपमा उत्सवमय बनाउनेछ ।

कात्तिकलाई संवादको महिनाको रुपमा पार्टीको अर्थनीतिसम्बन्धी दुईदिने कन्क्लेभ गर्ने, मंसिरमा महिला हिंसाविरुद्ध एक महिने मंगलादेवी अभियान सञ्चालन गर्ने, भूसंरक्षण, पहिचान र विविधताका विषयमा कार्यक्रमहरू गर्ने, किसान सप्ताह मनाउने, पुसमा एकता मेलमिलाप विशेष कार्यक्रमहरू गर्ने प्रस्ताव थापाको छ ।

यस्तै, माघमा सम्मान विशेषसहित सप्ताह मनाउने, फागुनमा खेलकुद सप्ताह र सत्याग्रह विशेष कृष्णप्रसाद भट्टराई स्मृति अभियान, चैतमा गिरिजाप्रसाद कोइराला स्मृति शान्ति पदयात्रा र डीबी परियार स्मृति राष्ट्रिय कला सम्मेलन गर्ने प्रस्ताव छ । वैशाखलाई संकल्पको महिनाको रुपमा लोकतन्त्र वृत्तचित्र प्रदर्शनी र जेठ १० मा समता दिवस मनाउने क्यालेन्डर थापाले बैठकमा प्रस्तुत गरेका छन् । बैठक सकिँदा निर्णय भए यो क्यालेन्डर लागु हुनेछ ।

तीन चरणको अभियान, एक वर्षमा सात लाख पार्टी सदस्य थप्ने

पार्टीले तीन चरणको अभियान सञ्चालन गर्ने तयारी गरेको छ । बैठकमा महामन्त्री गगन कुमार थापाले पहिलो अभियान साउन २० गतेदेखि भदौ १ गतेसम्म गरिने उनले बताए । उक्त अवधिमा संगठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइनेछ ।

दोस्रो अभियान भदौ १० गतेदेखि २४ गतेसम्म चलाइने छ । यस अभियानमा समुदायसँग संवाद गरिने उनले बताए । तेस्रो चरणको अभियान मंसिर १५ देखि माघ १५ गतेसम्म चलाइने उनले जनाए । अभियानको पहिलो चरणको उद्देश्य सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विष्लेषण, संगठन सृदृढीकरण र सबलीकरण रहेको उनले स्पष्ट पारे ।

बैठकमा ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने प्रस्ताव आएको छ । महामन्त्री गगन थापाले जारी केन्द्रीय कार्यसमिति बैठकमा संगठन विस्तार र सुदृढीकरणका लागि नयाँ व्यक्तिलाई पार्टीमा आवद्ध गर्नका लागि अभियान चलाउने प्रस्ताव गरे । यो साउनदेखि २०८१ असार ३१ गतेसम्म पाँच/सात लाख सदस्यता बढाउने गरी अभियान चलाउने प्रस्ताव उनको छ ।

२२ विभाग थपि ७० विभाग पुर्‍याउने

२२ नयाँ विभाग थप्ने प्रस्ताव बैठकमा आएको छ । कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो । त्यसमा २२ थप गरी ७० विभाग पुर्‍याउन लागिएको हो ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग रहेका छन् ।

यस्तै, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणीय सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।

गठबन्धनले समानुपातिक मत घट्यो

निर्वाचन परिचालन समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका कारण समानुपातिक मत घटेको निष्कर्षसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै आगामी निर्वाचनमा विशेष रणनीति अपनाउन सुझाए । उनले गठबन्धनका कारण महिला, जनजातिलाई टिकट दिन पार्टी नेतृत्व अनुदार रहेको बताए । आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई कम्तीमा ३३ प्रतिशत दिनुपर्ने उनको सुझाव छ । पुराना नेताहरूलाई टिकट दिन नसक्दा बागी उमेदवार खडा भएको उनले बताए ।

 

Comments
Share
54
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki