Wednesday, May 20, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुकाे माग

Friday, July 14, 2023
लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुकाे माग
7.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै नेकपा एमालेका सांसद पदम गिरीले किसानलाई राहत दिन माग गरे।

उनले सो रोग नियन्त्रणका लागि संसदीय पूर्वाधार विकास कोषको बजेट रकमान्तर गरेर भए पनि खर्च गर्न माग गरे।

Order Cake Order Cake Order Cake

सांसद रामहरि खतिवडाले देशका विभिन्न स्थानमा यस रोगका कारण रोपाइँको समयमा गोरु मर्दा किसानले खेतीपाती गर्न सक्ने अवस्था नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

ललितानिवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा कर्मचारीलाई मात्रै पक्राउ नगरी त्यसको निर्णय प्रक्रियामा सहभागी उच्च राजनीतिक नेतृत्वलाई पनि पक्राउ गर्न माग गरे। उनले उक्त जग्गा बिक्री गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए।

सांसद रणेन्द्र बराइलीले हालै जुम्लामा जातीय विभेदका कारण घर जलाइएको घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए। अन्तरजातीय विवाहको विषयलाई छुटाउनका लागि अन्य मुद्दा लगाइएको, देशव्यापी रुपमा दलितले उच्च भनिने जातिबाट ज्यादती बढेको उल्लेख गर्दै उनले विद्यमान ऐन तथा कानुनका आधारमा कारबाहीको दायरामा ल्याउन माग गरे।

सांसद रवि लामिछानेले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याइएको विधेयक आजको बैठकको कार्यसूचीमा किन राखिएन? भन्ने प्रश्न राखे। उनले मिटरब्याज पीडितलाई राहत दिने विषयमा आफूहरु स्पष्ट रहेको र आगामी बैठकमा त्यसलाई कार्यसूचीमा राख्न आग्रह गरे। मिटरब्याजको पासोमा जनतालाई पार्ने विषय आफूहरुलाई सह्य नभएको उनको भनाइ छ।

सांसद ज्ञानेन्द्र शाहीले २१औँ शताब्दीमा जातीय छुवाछूतको घटना कम हुन नसकेको उल्लेख गरे। उनले दलित समुदायको व्यक्ति कार्यकारी प्रमुख नहुँदासम्म सो समुदायले राहत नपाउने बताए। उनले जुम्ला घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे।

सांसद प्रदीप यादवले जलवायु परिवर्तनका खडेरी पर्दा बारा र पर्साका किसान प्रभावित भएको बताए। उनले रोपाइँको समयमा किसानले मल, बिल नपाएको, नहर सफाइ नभएका कारण किसानले सहज रुपमा रोपाइँ गर्न नपाएको गुनासो गरे।

सांसद अम्मरबहादुर थापाले दैलेखको महाबु–३ का धिरजबहादुर खत्रीको परिवार भारतको सिमलामा मजदुरी गर्न गएको र खाना पकाउने क्रममा ग्यास विस्फोट भई जनधनको क्षति भएकाले पीडित परिवारलाई उद्धार गर्न तथा नेपाल ल्याउने व्यवस्था गर्न माग गरे।

सांसद अमरेशकुमार सिंहले ललितानिवास जग्गा प्रकरणमा टिप्पणी लेख्नेलाई धमाधम पक्राउ गर्ने तर निर्णय गर्नेलाई कारबाहीको दायरामा नल्याउने प्रवृत्ति गलत भएको बताए।

राजनीतिक नेतृत्वको संलग्नतामा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएकाले दोषीहरुलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे। दोषीलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारलाई रुलिङ गर्न उनले सभामुखको ध्यानाकर्षण गराए।

सांसद प्रभु साहले रौतहटका एक किसान खेतमा काम गर्दा गर्दै चर्को घामका कारण निधन भएको पाइएकाले  राहत दिन सरकारको ध्यानाकर्षण गराए। उनले पछिल्ला केही दिनमा करेन्ट लागेर रौटहटमा दैनिकजसो नै नागरिकको ज्यान गएको भए पनि नेपाल विद्युत् प्राधिकरणले ध्यान नदिएको बताए।

सांसद रोशन कार्कीले लम्पी स्किन रोगका कारण हजारौँको सङ्ख्यामा पशु चौपाया मरेको विषयमा सदनमा व्यापक बहस हुनुपर्ने र किसानलाई राहत दिनुपर्ने बताइन्।

सांसद शान्ति विकले सम्पूर्ण दलित समुदाय सम्मानपूर्वक बाँच्न पाउने कानुनी प्रबन्ध भए पनि देशव्यापीरुपमा सोही समुदायमाथि ज्यादती भएकाले दोषीमाथि कारबाहीको दायरामा ल्याउन माग गरिन्।

सांसद ठाकुर गैरेले भ्रष्टाचारविरुद्धको अभियानलाई कमजोर नबनाउन र मिटरब्याज पीडितलाई राहत दिने विषयमा शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद अशोककुमार चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कोशी नदीले केही स्थानमा कटान गरेकाले मानव बस्ती जोखिममा परेको पाइएकाले कोशी ब्यारेजको सबै ढोका खोल्ने व्यवस्था गर्न माग गरे।

सांसद रघुजी पन्तले मिटरब्याज पीडितलाई राहत दिनका लागि ल्याउने भनिएको विधेयक आजको बैठकमा किन ल्याइएन भन्ने प्रश्न गरे। उनले तनहुको चुँदी रम्घामा रहेको आदिकवि भानुभक्तको जन्मस्थलमा रहेको घर आगलागीका कारण खण्डहर रहेकाले त्यसको पुनः निर्माण गर्न माग गरे।

सांसद प्रेम सुवालले समसामयिक राजनीतिक विषय र बेथितिका उदाहरण पेस गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराए।

Comments
Share
65
Shares

Related Posts

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार

बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल
समाचार

जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ – कांग्रेस उपसभापति भुषाल

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार

उपसभापति भुषालको दाबी – उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने

समाचार

जिल्लाको विकासमा केन्द्रीत हुने म्याग्दीका एमाले उम्मेदवारको प्रतिबद्धता

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो
समाचार

रौतहटमा लागाईएको कर्फ्यू हटाइयो

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki