Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

एक वर्षदेखि बस्न नसकेको कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट पार्टी कार्यालयमा बस्ने

Wednesday, July 12, 2023
कांग्रेसका बागीलाई उम्मेदवारी निष्क्रिय गर्न बुधबारसम्म समय
6.5k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ।

झण्डै एक वर्षदेखि बस्न नसकेको बैठक आजबाट पार्टी कार्यालयमा सुरु हुन लागेको हो। बैठक सानेपामा दिउँसो १ बजे बस्नेछ। बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैली, मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका बालकृष्ण खाणलाई कारबाही गर्नेबारे छलफल हुने भएको छ। यद्यपी खाणलाई निलम्बनको प्रस्ताव नल्याउने सहमति भएको जनाइएको छ।

बैठकले नीति अधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ। नेपाली कांग्रेसले गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समीक्षा अहिलेसम्म गर्न सकेको छैन। चुनावका बेला गठबन्धन गर्ने या नगर्ने भन्ने तीव्र विवादकै बीच सभापति देउवाको अडानका कारण पाँच दलीय गठबन्धन बनेको थियो। तर निर्वाचन परिणामपछि कांग्रेसमा यसबारे छलफल भएको छैन।

Order Cake Order Cake Order Cake

अहिले कांग्रेससमेत सहभागी सरकारले गरेका काम कारबाहीका बारेमा पनि केन्द्रीय समितिमा छलफल भएको छैन। आज  सुरु हुने बैठकमा सबै विषयमा छलफल हुने केन्द्रीय सदस्य प्रदीप पौडेलको दाबी छ। ​

कांग्रेसमा नेतृत्वप्रतिको असन्तुष्टि पनि बढ्दो छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेतालाई कारबाही नगरिएको तथा ललिता निवास प्रकरणमा पार्टीले स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरिरहेका छन्।

कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै नीति अधिवेशन गर्ने भनेको थियो। तर अझै यसको मिति घोषणा भएको छैन। अबको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको मिति नै तोक्ने गरी तयारी गरेका छन्। नीति अधिवेशन नभए महासमिति बैठक बोलाउनुपर्ने दबाब महामन्त्रीहरुले दिइसकेका छन्।  आज बैठकमा महामन्त्री गगन थापाले बैठकमा केन्द्रीय समिति कटौती विषयमा छलफल हुने बताएका छन्।

कांग्रेसमा केन्द्रीय समिति सदस्य सङ्ख्या बढी भएको भन्दै अनौपचारिक छलफल हुँदै आएको छ। यसलाई पार्टीको औपचारिक निकायमै छलफलमा ल्याउने तयारी महामन्त्रीले गरेका हुन्। सदस्य सङ्ख्या कटौतीबारे बैठकको एजेन्डामा नहुने तर विषय उठाइने थापाले बताए।

Comments
Share
48
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki