काठमाडौँ – पाँच यात्रु र एक चालकसहित ६ जना सवार मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लाम्जुरा डाँडामा दुर्घटना भएको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । त्यसपछि काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियाे ।
बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेर सुर्के ल्यान्ड गरेको थियो ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेतले सोलुखुम्बुको लामजुराको डाँडामा हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टर सम्पर्कमा रहेको जानकारी दिनुभयो । त्यसपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । थप विवरण आउन बाँकी छ ।







