Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

प्रधानमन्त्री प्रचण्डले हालै दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुद्वारा सदन अवरुद्ध

Wednesday, July 5, 2023
प्रधानमन्त्री प्रचण्डले हालै दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरुद्वारा  सदन अवरुद्ध
51
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिएको एउटा अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध गरेको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले उठेर नियमित कारबाही अगाडि बढाउन दिएनन्। त्यसपछि सभामुखले एमालेका सांसद रघुजी पन्तलाई बोल्ने समय दिए। सांसद पन्तले प्रधानमन्त्रीको भनाइको भर्त्सना गर्दै प्रधानमन्त्री सार्वभौम स‌ंसद्‍ले बनाउने हो कि दिल्लीले भनेर प्रश्न गरे। प्रधानमन्त्रीको भनाइले नेपाली जनताको भावनामा ठेस पुगेको बताए। प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नत्र सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए। त्यसपछि एमालेका सबै सांसद उठेर संसद् अवरुद्ध गरेका छन्।

‘प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ। दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन। प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन। हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो। लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन,’ पन्तले भने।

Order Cake Order Cake Order Cake
एमालेसँगै राप्रपा र रास्वपाका सांसदले पनि उठेर विरोध जनाएका छन्। सभामुखले बैठक अघि बढाउन आग्रह गरे पनि सांसदहरुले विरोध जारी राखेका छन्।

अवरोधकै बीच सभामुखले माओवादी सांसदलाई बोल्न समय दिएका छन्। माओवादी सांसद बोलिरहँदा सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक-पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए।

नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली : द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले विवादास्पद अभिव्यक्ति दिएका थिए। ‘उहाँ (सिंह) ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो। काठमाडौंमा नेताहरू–साथीहरूसँग लगातार छलफल गर्नुभयो,’ दाहालको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले भने आफूले पुस्तकमा भएको कुरा कार्यक्रममा बताएको भन्दै आफ्नो बचाउ गरेका छन्।

Comments
Share
1.2K
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki