काठमाडौँ – कलाकार तथा गायक रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ। रक गायक तामाङको मंगलबार बुढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएका छन्।
स्ट्रोकका कारण उनको निधन भएको बताइएको छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट रविन सिने क्षेत्रमा समेत व्यस्त थिए ।उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको छ ।
रोविनले थुप्रै गीत गाएका छन्। साथै उनले फिल्महरुमा पनि अभिनय गरेका छन्। उनका जति माया लाए पनि , चिसो चिसो हावामा बोलको गीत निकै चर्चित छन्। त्यस्तै उनले छड्के, मुखौटा, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय पनि गरेका छन्।







