Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निर्वाचन आयोगद्वारा एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित, सरकारले विधेयकको रूपमा संसद्मा लैजाने

Monday, July 3, 2023
निर्वाचन आयोगद्वारा असोज ११ गतेदेखि आचारसंहिता  लगाउने तयारी
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौदा पारित गरेको छ । आज बसेको आयोगको बैठकले निर्वाचन कानुनको मस्यौदा सरकारलाई पठाउने निर्णय गरेको हो ।

आयोगले निर्वाचनसम्बन्धी कानुनमा केही नयाँ विषयहरू राख्न प्रस्ताव गरेको छ । कानुनमा ‘नो भोट’, विदेशमा रहेका नागरिकलाई मताधिकार, निर्वाचनमा ३३ प्रतिशत महिला उमेदवारलगायतका नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।

  • ३३ प्रतिशत महिला अनिवार्य

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उमेदवारी दिँदा दलहरूले ३३ प्रतिशत महिला उमेदवार अनिवार्य उठाउनुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले बनाएको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदामा सो विषय उल्लेख गरिएको छ ।

Order Cake Order Cake Order Cake

मस्यौदाको दफा ७४ क मा भनिएको छ, “प्रतिनिधिसभा वा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उमेदवारी दिँदा त्यस्तो दलले जति निर्वाचन क्षेत्रमा उमेदवारी दिने हो त्यसको कम्तीमा ३३ प्रतिशत महिला उमेदवार ।”

त्यस्तै, स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एकजना महिला उमेदवार बनाउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि पनि उक्त व्यवस्था थियो । तर, एउटा पदमा मात्र उमेदवारी दिँदा महिला उमेदवार दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, वडाध्यक्षको पदमा उमेदवारी दिँदा उमेदवारी दिने वडाध्यक्षमध्ये ३३ प्रतिशत महिला उमेदवार बनाउनुपर्ने कानुनको मस्यौदामा व्यवस्था गरिएको छ ।

“वडाध्यक्षको पदमा उम्मेदवारी दिँदा त्यस्तो दलले सम्बन्धित स्थानीय तहमा उमेदवार दिने सम्पूर्ण वडाध्यक्षमध्ये कम्तीमा ३३ प्रतिशत महिला उमेदवार,” सोही दफाको (ग) मा भनिएको छ ।

  • उमेदवारले परिवारसहितको सम्पत्ति विवरण बुझाउनुपर्ने 

एकीकृत निर्वाचनको कानुनमा उमेदवारले सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तयार पारेको कानुनको मस्यौदामा उमेदवार र उमेदवारको परिवारको सदस्यको सम्पत्ति विवरण खुलाउनुपर्ने उल्लेख छ ।

“निर्वाचनमा उमेदवार हुने व्यक्तिले मनोनयनपत्र पेस गर्दा तोकिएबमोजिमको ढाँचामा सिलबन्दी गरी आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेस गर्नु पर्ने छ र त्यस्तो विवरण गोप्य रहने छ,” कानुनको मस्यौदामा भनिएको छ ।

निर्वाचनमा उमेदवार हुने व्यक्तिले चाहेमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्न सक्ने व्यवस्था गरिएको छ ।

  • कुन निर्वाचन कहिले गर्ने ?

एकीकृत निवार्चन विधेयकमा निर्वाचनको मिति तोकिएको छ । यसअघि त्यस्तो नहुँदा निर्वाचनमा असहजता भएको थियो । राष्ट्रपति वा उपराष्ट्र, प्रतिनिधिसभा र प्रदेश सभा, स्थानीय तहको चुनावको दिन तोकिएको छ ।

मितिबारे मस्यौदामा यस्तो लेखिएको छ,

क) राष्ट्रपति वा उपराष्ट्रतिको निर्वाचन निजको पदावधि समाप्त हुनुभन्दा तीन दिन अघि

ख) प्रतिनिधिसभाका सदस्य वा प्रदेश सभाका सदस्यको निर्वाचन त्यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिना पछिको पहिलो आइतबार,

(ग) राष्ट्रिय सभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिना अघिको पहिलो आइतबार,

(घ) स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको निर्वाचन निर्वाचन परिणाम घोषणा भएको चार वर्ष एघार महिनापछिको पहिलो आइतबार,

(ङ) गाउँ कार्यपालिका वा नगर कार्यपालिकाका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको पन्ध्र दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन ।

  • ‘नो भोट’को व्यवस्था

निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था गरिएको छ । सर्वोच्च अदालतले यसअघि नै उक्त व्यवस्था गर्न निर्देशन दिए पनि सो व्यवस्था लागु भएको थिएन । निर्वाचन काननुमा उक्त व्यवस्था राख्न आयोगले प्रस्ताव गरेको छ ।

दफा २०५ मा भनिएको छ, “कुनै मतदाताले कुनै पनि उमेदवारलाई निजको समर्थन नरहेको भनि दफा ९५ को उपदफा (४) को खण्ड (घ) बमोजिम मतदान गर्न चाहेमा आयोगले कुनै पनि उमेदवारलाई समर्थन नरहने गरी मतदातालाई तोकिएबमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न सक्ने छ ।”

मत गणना गर्दा कुनै पनि उमेदवारलाई समर्थन नरहेको मतसंख्या त्यस्तो निर्वाचनमा मतदान भएको कुल सदर मतको ५० प्रतिशत भन्दा बढी भएमा त्यस्तो निर्वाचन रद्द हुने व्यवस्था गरिएको छ । निर्वाचन रद्द भएमा पुनः निर्वाचन कार्यक्रम प्रकाशन गरी पुनः मतदान गराउनु पर्ने व्यवस्था कानुनमा गरिने भएको छ ।

  • विदेशमा रहेका नागरिकलाई मताधिकार

विदेशमा रहेका मतदाताले मतदान गर्ने व्यस्वस्था कानुमा गरिँदै छ । आयोगले तयार गरेको मस्यौदाको दफा २०४ मा भनिएको छ, “आयोगले विदेशमा रहेका र दफा २३ बमोजिमको मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुक लागि तोकिएको नेपाली कूटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने छ ।”

मतदानको व्यवस्था मिलाइएकोमा त्यस्ता मतदाताले प्रतिनि सभाको समानुपातिकतर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा तोकिएबमोजिम मतदान सक्ने व्यवस्था गरिएको छ ।

अनलाइनमार्फत मतदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

उपदफा ५ मा भनिएको छ, “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सूचना प्रविधि (अनलाइन) को गरी मतदान गर्दा वा गराउँदा मतदाताले गरेको मतदानको गोपनियता भङ्ग हुँदैन भन्ने कुरामा आयोग विश्वस्त भएमा त्यस्तो प्रविधिमार्फत उपदफा (२) बमोजिमको निर्वाचनमा मतदान गराउन बाधा पर्ने छैन ।”

  • दुईपटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने 

प्रतिनिधिसभा र प्रदेश सभामा दुईपटक समानुपातिक सांसद बनेको व्यक्ति समानुपातिक निर्वाचनको उमेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

  • एक तहमा निर्वाचन हारे अर्कोमा उमेदवार बन्न नपाउने, उपनिर्वाचनको उमेदवार बन्न पाउने 

प्रस्तावित निर्वाचन विधेयकमा संघीय संसद्, प्रदेश, स्थानीय तहको उमेदवार भएको व्यक्ति कुनै पनि तहमा उमेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

विधेयकको दफा ६७ मा भनिएको छ, “संघीय, प्रदेश सभा वा स्थानीय तह तहको सदस्य पदमा उमेदवार भई पराजित भएका व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उमेदवार हुन सक्ने छैन,” दफा ६७ मा भनिएको छ ।

तर, त्यस्तो व्यक्ति सोही निर्वाचन क्षेत्रमा हुने वा तहमा हुने सोही पदको उपनिर्वाचनमा उमेदवार हुन सक्ने व्यवस्था गरिएको छ ।

आयोगले पठाएको मस्यौदालाई सरकारले विधेयकको रूपमा संसद्मा लैजाने छ ।

Comments
Share
49
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki