काठमाडौँ- साताको पहिरो कारोबार दिन आज नेप्से परिसूचक भारी अंकले बढेको छ। नेप्से परिसूचक ६१.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ९.७४ अंकले वृद्धि भएर ३९५.४५ विन्दुमा अडिएको छ।
यसदिन २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता सेयर ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५.८९ रुपैयाँमा खरिदबिक्री भयो।
आज ७ बढि कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भयो। लाइफ इन्स्योरेन्स करपोरेसन,हिमालयन लाइफ इन्स्योरेन्स,एनएमबी ५०,सामलिङ पावर,बीपीडब्लु वित्तीय संस्था,सिटी होटल,शिवम् सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड बढिको सेयर कारोबार भयो। यसैगरी सोल्टी होटलको ३८ करोड र हिमालयन डिस्टिलरीको २४ करोड बढि मूल्यको सेयर कारोबार भयो।
यसदिन १८९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ४ को मूल्य स्थिर रह्यो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।
लाइफ इन्स्योरेन्स उपसमूहको सूचक ७.७९ प्रतिशतले बढेको छ। नन लाइफ इन्स्योरेन्सको सूचक ६.०९ प्रतिशतले बढ्दा अदर्श ,ट्रेडिङ र फाइनान्स उपसमूहको सूचक५ प्रतिशत बढिले उकालो लाग्यो।







