Wednesday, June 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले दियाे नेपाललाई जवाफ

गाेरखापत्र दैनिक

Wednesday, June 21, 2023
अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले दियाे नेपाललाई जवाफ
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ- अखण्ड भारतसम्बन्धी नक्साका विषयमा भारतको विदेश मन्त्रालयले नेपाललाई जवाफ दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रश्नको जवाफ दिने क्रममा भारत सरकारका तर्फबाट त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको बताउनुभयो ।

भारतको संसद् भवनभित्र राखेको ‘म्युरल’ (भित्तेचित्र)मा लुम्बिनी, कपिलवस्तुसहितका नेपाली भूभाग समेटिएको विषयमा नेपालको दूतावासलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन सरकारका तर्फबाट निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले भारतको विदेश मन्त्रालयबाट आएको धारणा अनुसार सम्राट् अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी म्युरलको क्याप्सनमा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणासमेत त्यहाँका विदेशमन्त्रीबाट आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म्युरलका बारेमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन हुन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन पनि गरिसकेको कुरा जानकारी गराउँछु ।” आफूलाई सो बारेमा सोधिएको प्रसङ्ग स्मरण गर्दै उहाँले दुई देशको संवेदनशील विषयमा देशको प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धका बारेमा पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने प्रष्ट पार्नुभयो।

Order Cake Order Cake Order Cake

भारतस्थित नेपाली राजदूतावासले स्पष्ट रूपमा त्यसका बारेमा सरकारले रिपोर्ट नगरी या भारत सरकारको धेरै कार्यालय छन्। उहाँले ती कार्यालयले कुन कुन ठाउँमा कस्ता नक्सा राखिएका छन् र त्यो नक्साको आधिकारिकता के हो भनेर भारतले आफूले स्पष्ट नगरुन्जेलसम्म हामीले हतारमा सरकारको तहबाट प्रतिक्रिया व्यक्त गर्दा हतार गर्न नहुने बताउनुभयो। उहाँले अगाडि भन्नुभयो, “या त हाम्रो दूतावासबाट रिपोर्ट आउनुपर्छ वा भारत सरकारले यो उद्देश्यले यो म्युरल वा नक्साभन्दा पनि त्यो चित्र यो प्रयोजनका लागि राखिएको हो भन्ने स्पष्ट पार्नुपर्छ।” उहाँका अनुसार नक्सामा सिमाना हुन्छ, चित्रमा सिमाना नहुन सक्छ। त्यस कारण त्यो चित्र राख्दा त्यसको व्याख्या सम्बन्धित देशले गरेपछि मात्रै नेपालले त्यसबारे धारणा बनाउँछ।

उहाँले नेपालको नक्सा के हो भन्ने सवालमा २०७७ असार ४ गते नेपालको संविधानमा सर्वसम्मतिले दोस्रो संशोधन गरेर नयाँ नक्सा समेटेर संविधानको अनुसूची ३ मा नेपालको निसाना छाप अद्यावधिक गरिएको तथ्य सबैमा जानकारी रहेको स्पष्ट पार्नुभयो। “त्यस कारण आफ्नै नक्साका बारेमा सधैँ विवाद बनाइराख्नु उचित हुँदैन,” उहाँले भन्नुभयो, “नेपालको आधिकारिक पदमा भएका व्यक्तिलार्ई रातदिन नक्साका बारेमा धारणा के हो भनेर सोधिराख्नु आवश्यक छैन।”

उहाँले इपिजी प्रतिवेदनका बारेमा पनि समितिलाई जवाफ दिनुभयो। दुई देशको सरकारले आठ जनाको समूह बनाएर प्रतिवेदन तयार गरेको बताउँदै परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “ती समूहको सहमतिमा लेखिएको प्रस्तावमा के छ, के छैन भन्ने नेपाल सरकारलाई जानकारी छैन। हामीले त्यो बुझिसकेका छैनौँ। पढेका पनि छैनौँ ।”

उहाँले कुनै चिया पसलमा बस्दा इपिजीमा यो यो कुरा छ भनेर इपिजीको कुनै सदस्यले गफगाफको सिलसिलामा गर्ने कुरा अलग भएको बताउनुभयो। उहाँले आधिकारिक रूपमा सरकारले अध्ययन नगरेको भन्दै त्यसमा संलग्न नेपालका जिम्मेवार व्यक्तिले जिम्मेवारी र मेहनतका साथ प्रतिवेदन लेख्नुभएको प्रष्ट्याउनुभयो। उहाँले सो विषयमा प्रष्ट पार्नुभयो, “त्यसमा नेपाल सरकार सकारात्मक छ। प्रतिवेदन जुनसुकै बेला उहाँहरूले बुझाउन चाहनुहुन्छ भने हामी बुझ्न तयार छौँ।”

Comments
Share
27
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki