काठमाडौँ – मापदण्ड पूरा गरी आवेदन दिएका धितोपत्र ब्रोकर कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन अर्थसमितिले सरकारलाई निर्देशन दिएको छ।
मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो।
समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ। समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया शुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बताए।
उनले धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन आग्रह गरे। उनँले मापदण्ड पूरा भए÷नभएको हेरेर सतर्कतापूर्वक लाइसेन्स दिन निर्देशन दिए।
उनले भने, ‘जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र ब्रोकर तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया शुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने। त्यस्तै धितोपत्र ब्रोकर तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन पनि अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।’
समितिले यसअघि धितोपत्र ब्रोकर तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया रोक्न निर्देशन दिएको थियो।







