Wednesday, June 24, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

६ वटा प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

Friday, June 16, 2023
सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ –  ६ वटा प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आज मधेस, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् ।

कोशी प्रदेशले भने हिजो नै अध्यादेशमार्फत् बजेट सार्वजनिक गरिसकेको छ । बाँकी ६ वटै प्रदेशले बजेटलेखनलाई अन्तिम रूप दिएका छन् । त्यसलाई मन्त्रिपरिषदबाट पास गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ ।

सङ्घीय सरकारले दिने वित्तीय हस्तान्तरणको आकारसमेत घटेको अवस्थामा प्रदेशहरूले बजेटको आकार केही घटाएर ल्याउने भएका छन् । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ११ प्रतिशतले आकार घटाएर बजेटलाई अन्तिम रूप दिएको छ ।

Order Cake Order Cake Order Cake

सुदूरपश्चिमले १५ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले पनि १० देखि २० प्रतिशतसम्मले आकार घटाएर बजेट ल्याउन लागेका छन् । ०८०/८१ मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत् ७ प्रदेशले एक खर्ब पाँच अर्ब ६ करोड रुपैयाँ पाउनेछन् । जुन चालु आर्थिक वर्षमा विनियोजितभन्दा २४ अर्ब ४० करोड रुपैयाँले कम हो । सङ्घले खारेज भइसकेको संसद् विकास कोषलाई ब्युँत्याएर प्रतिसांसद पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सङ्घकै सिको गर्दै प्रदेशले पनि सांसदलाई पाँच करोड रुपैयाँसम्म बजेट विनियोजन गर्ने तयारी गरेका छन् । कोशीमा प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै, अरु प्रदेशहरूले आउँदाे आर्थिक वर्षको बजेटलाई कृषि, पर्यटन र रोजगारी सिर्जनामा जोड दिने बताएका छन् ।

बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । अल्पमतमा परेको कोशी प्रदेश सरकारले हिजो नै अध्यादेशमार्फत् बजेट प्रस्तुत गरेको हो । एमाले–राप्रपा सहभागी सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको सभाहलमा ३६ अर्ब ३४ करोड २४ लाख १० हजार रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । कोशी प्रदेशले चालु आर्थिक वर्षको भन्दा ९ प्रतिशतले घटाएर बजेट ल्याइएको छ ।

अल्पमतमा परेको सरकारले अस्ति नीति तथा कार्यक्रम प्रस्तुत गरेर राति ११ बजे प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गरेको थियो । बजेट अधिवेशन अन्त्य भएपछि हिजो मुख्यमन्त्री तथा आर्थिक मामिलामन्त्री कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो ।

Comments
Share
77
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki