Friday, June 19, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त, शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

Friday, June 16, 2023
डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त, शंकरदास वैरागीलाई  राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
1.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – डा. बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा डा. अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । सचिवका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरी तीन दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । सचिवहरूमध्ये वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो । अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्यो । निजामती सेवा ऐनको दफा १९ (२) ‘क’ मा ज्येष्ठता र कार्यकुशलताका आधारमा बहालवाला सचिवहरूमध्येबाट एकजना मुख्यसचिव नियुक्त गरिने व्यवस्था छ ।

मन्त्री साउदका अनुसार सरकारले मुख्यसचिवका रूपमा कार्यरत शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । तीन महिनापछि अनिवार्य अवकाश पाउने वैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । निवर्तमान मुख्यसचिव रहनुभएका वैरागीको कार्यकाल आगामी असोजसम्म थियो । वैरागीलाई मन्त्रीस्तरीय सुविधा दिनेगरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । निवर्तमान मुख्यसचिव वैरागीले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ लिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैरागीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

बिहीबार सरकारको मुख्यसचिव हुनुभएका बैकुण्ठ अर्याल नायव सुब्बाबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । काठमाडौँ को फर्पिङमा जन्मिनुभएका अर्याल २०४६ सालमा नायव सुब्बाको रूपमा निजामती सेवा प्रवेश गर्नुभएको थियो । सचिवका रूपमा पाँच वर्षे कार्यकाल पूरा गरी तीन दिनपछि अनिवार्य अवकाशमा जान लाग्नुभएका अर्याललाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर र नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएका उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभएको थियो ।

Order Cake Order Cake Order Cake

प्राकृतिक स्रोतको बाँडफाँट र वित्त व्यवस्थापनका ज्ञातासमेत हुनुभएका उहाँले सचिवका रूपमा वित्त व्यवस्थापन आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी सम्हाल्नुभएको थियो । सहसचिव हुँदा पनि उहाँले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गर्नुभएको थियो । अर्थ मन्त्रालयमा ६ वर्षसम्म काम गर्नुभएका उहाँ अर्थसचिव भने बन्न पाउनुभएन ।

Comments
Share
38
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki