काठमाडौँ – गोङ्गबुकाे एक होटलमा युवायुवती मृत फेला परेका छन् ।
टोखा नगरपालिका–९ मा रहेकाे ग्रिन नेपाल होटलमा आज बिहान युवायुवती मृत अवस्थामा फेला परेका हुन् ।
मृत फेला पर्नेमा गोरखा शहीन लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनु भयाे ।
होटलको कोठाभित्रको बाथरुममा दिनेश र कोठाभित्र मुस्कान झुन्डिएको अवस्थामा फेला परेका उहाँले जानकारी दिनुभयो ।
Comments
Share







