काठमाडौँ – संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसद्को संयुक्त बैठक बोलाइएको हो। संयुक्त बैठक बुधबार अपराह्न ४ बजे बोलाइएको छ। संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्न बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जनाए।
प्रतिनिधिसभाको बैठक आजै बिहान ११ बजे बस्नेछ। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफल जारी छ।
Comments
Share







