काठमाडौँ- वाणिज्य बैंकहरूमा यही जेठदेखि कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ । हरेक महिना ब्याजदर परिमार्जन गर्न पाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरूले जेठमै कर्जाको ब्याजदर घटाएका हुन् ।
जेठदेखि वाणिज्य बैंकहरूमा नयाँ कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दु र पुरानाको ०.१३ प्रतिशत विन्दुले घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । पछिल्लो तीन महिना (फागुन, चैत र वैशाख) को औसत आधार दर १०.६४ प्रतिशत छ । यसअघि माघ, फागुन र चैतको औसत आधार दर १०.५९ प्रतिशत छ । यी दुई औसत आधार दरका आधारमा पुराना ऋणीको ब्याजदर औसतमा ०.१३ प्रतिशत विन्दुले घटेको हो । यस्तै, गत चैतको तुलनामा वैशाखमा आधार दर ०.२१ प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा नयाँ कर्जाको ब्याजदर घटेको संघले जनाएको छ ।
आउँदा महिनामा ब्याजदर अझै घट्दै जानेछ ।’ गत साउनदेखि यही जेठ २ सम्म वाणिज्य बैंकहरूमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने १ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
बैंकर्स संघले यही जेठमा निक्षेपको ब्याजदर भने स्थिर राखेको छ ।
Comments
Share







