Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

नक्कली शरणार्थी प्रकरण : प्रहरीले भोलि मात्रै अनुसन्धान प्रतिवेदन बुझाउने

Saturday, May 20, 2023
नक्कली शरणार्थी प्रकरण : प्रहरीले भोलि मात्रै अनुसन्धान प्रतिवेदन बुझाउने
4.4k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको अपराधसहित चार कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा हिजो नै प्रतिवेदन बुझाउने भनिए पनि पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान नसकिएपछि प्रहरीले भोलि मात्रै प्रतिवेदन पेस गर्न लागेको छ । अस्ति बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको बयान सकिन बाँकी छ । यसअघि पक्राउ परेका अरुको बयान यसअघि नै सकिसकेको छ ।

यस प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १६ आरोपितहरुविरुद्ध  राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र संगठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ । प्रहरीले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ  । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने यो प्रकरण राष्ट्रहित प्रतिकूल भएकाले राज्यविरुद्धको अपराधको कसुर आकर्षित हुने गरी मुद्दा चलाउन लागिएको हो ।

Order Cake Order Cake Order Cake

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ५१ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने काम भएमा यसललाई राष्ट्रहित प्रतिकूल हुने उल्लेख छ । राष्ट्रहित प्रतिकूल काम गरेको अभियोग पुष्टि भएमा ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिबाना वा त्यो अपराध गर्दा रकमको लेनदेन भएमा त्यो समेत जफत हुने व्यवस्था छ ।

यस्तै अपराध संहिता ऐन अनुसार ठगी सम्बन्धी आरोप पुष्टि भए ७ वर्षसम्म कैद र ७० हजार जरिबाना हुने व्यवस्था छ । सरकारी निकाय वा संस्थानलाई ठगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिबाना हुन्छ । यस्तै कुनै पनि अपराध गर्न तीन वा त्योभन्दा बढीको समूह बनाई संगठित रुपमा काम गरेको भेटिए संगठित अपराधको अभियोगमा मुद्दा चल्न सक्छ । संगठित अपराध निवारण ऐन २०७० अनुसार, संगठित अपराध गरेको पुष्टि भए मुल कसुरमा थप ५० प्रतिशत कैद र जरिबाना हुन्छ । सार्वजनिक पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । यसअघि पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप,  पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री  रामबहादुर थापा बादलका  सुरक्षा  सल्लाहकार  इन्द्रजित  राई, पूर्वसांसद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक र नीरज राई फरार छन् ।

Comments
Share
116
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki