१६ जेष्ठ २०८०, मंगलवार      
ne Nepali
en Englishne Nepali
Tuesday, May 30, 2023
स्मार्ट अक्षर
ADVERTISEMENT
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
Viber/what Viber/what Viber/what

खानीखोला गाउँपालिकाका कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदान

रासस

५ जेष्ठ २०८०, शुक्रबार
खानीखोला गाउँपालिकाका कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदान
3.2k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो । गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोला विकास र समृद्धिको आधार निर्माणको चरणमा प्रवेश गरेको बताउँछन् । उनले भौतिक पूर्वाधारसँगै विशेष गरी शिक्षा र कृषि क्षेत्रमा जोड दिएको बताए । ‘एक वर्षमा सामाजिक न्याय, सुशासन र विकासका थुप्रै काम भएका छन्’, थिङले भने ।

सो अवधिमा कृषकलाई कफीमा अनुदान वितरणदेखि गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न मन्त्रिपरिषद्बाट जग्गा स्वीकृत गर्ने काम भएको छ । कक्षा १ देखि १० सम्मका असहाय बालबालिकाका लागि आवासिय शिक्षणको व्यवस्था गरिएको छ । ‘जसको उत्पादन  उसैलाई अनुदान’ कार्यक्रममार्फत खानीखोलालाई कफी पकेट क्षेत्रसँगै कृषकको आर्थिक जीवनस्तर वृद्धि गर्ने उद्दश्यले कफीमा प्रति किलो ३५ को दरले अनुदान दिइएको छ ।

Order Cake Order Cake Order Cake

‘खानीखोलालाई सदरमुकाम तथा सङ्घीय राजधानीसँग जोड्न प्राथमिकताका साथ काम गरेका छौँ’, उनले भने । खानीखोला–३, ४ र ५ को वडा भवन निर्माण सम्पन्न गरी सेवा सुरु गरिएको छ । सुस्त गतिमा निर्माणाधीन बाग्मती खोलास्थित सिक्रेदोभानमा पक्की पुल निर्माण तीव्र पारिएको छ ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी एम्बुलेन्स सेवा, सामुदायिक स्वास्थ्य चौकी भवन निर्माण, यस शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रमअन्तर्गत पहिलो पटक ११ विद्यालयमा मातृभाषा (तामाङ) भाषा शिक्षणको सुरुआत, सुकुम–धाप्ले महाँकालको सडकको ट्रयाक खोल्ने र संस्थागत खेलकुदको विकास गर्न प्रत्येक वर्ष सञ्चालन हुनेगरी ‘खानीखोला कप खेलकुद प्रतियोगिता’को सुरुआत गरिएको अध्यक्ष थिङले जानकारी दिए ।

यसैगरी गाउँपालिकाले एक वर्षको अवधिमा ‘एकीकृत घुम्ती स्वास्थ्य सेवा’ मार्फत ६० वर्ष नाघेका वृद्धवृद्धा तथा दीर्घरोगीको घर–घरमै गएर स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि समेत वितरण गरिएको छ । गाउँपालिकाले तामाङ समुदायको इतिहास, उत्पत्ति र ताम्बाको भूमिका विषयक ताम्बा-डम्फु प्रतियोगिता, मगर समुदायको ‘वापा’ तालिम, आधारभूत मेलमिलापसँगै महिला सशक्तीकरण तथा रेबिज संक्रमणको जोखिम कम गर्ने उद्देश्यले सामुदायिक कुकुरको बन्ध्याकरण समेत गराएको छ ।

गाउँपालिकाले बालविवाह न्यूनीकरण, दलित, अपाङ्गता भएका व्यक्ति, महिला तथा ज्येष्ठ नागरिकका क्षेत्रमा आउँदो वर्ष थप योजना बनाइने जनाएको छ । गाउँपालिकाले कफी खेतीका क्षेत्रमा भने दिगो आयस्रोतका रुपमा छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै कृषक समूह र कृषि सहकारी गरी ११ संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान गत वैशाख तेस्रो साता वितरण गरेको थियो । सबै कृषक समूहलाई रु पाँच लाख वितरण गरिएको छ ।

कफी किसानलाई प्रोत्साहन दिन चालु आवमा रु ३५ लाख विनियोजन गरिएको अध्यक्ष थिङले बताए । ‘कृषकलाई ३५ हजार बिरुवा वितरण गर्ने योजना छ’, उनले भने । यस वर्ष १५ हजार किलो कफी उत्पादन भएको छ । गाउँपालिकाले कृषकलाई उत्पादितमध्ये एक किलो बराबर रु ३५ अनुदान दिने निर्णय गरेको छ । यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कृषकले कफीका लागि अनुदान पाएका छन् ।

Comments
Share
32
Shares

Related Posts

१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
समाचार

कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन

समाचार

मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा तरकारी खेतीको शुभारम्भ
कृषि

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा तरकारी खेतीको शुभारम्भ

जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि  तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार

जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार

प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने

जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने
समाचार

जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने

western foods 1080 ad

Archives

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
‘अखण्ड भारत’ भित्तेचित्रले द्विपक्षीय सम्बन्ध खल्बल्याउँछ : बाबुराम भट्टराई
ताजा अक्षर
१७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक
ताजा अक्षर
रेशम चौधरीलाई आममाफी दिएर हामीले अदालतलाई हेप्यौँ: गगन थापा
ताजा अक्षर
आर्थिक वर्षको बजेट : हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’ कार्यक्रम घोषणा
ताजा अक्षर
समाचार
कर्मचारी भत्ता खारेज तर सांसद् विकास कोष शीर्षकमा ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन
समाचार
मेलम्ची खानेपानी पुनः काठमाडौं उपत्यकामा पठाउने तयारी, वर्षामा पानी ल्याउनको लागि संरचना मर्मतको काम गरिदैँ
समाचार
जलहरीकाे धातु सुन वा पित्तल भन्ने विवाद भएपछि तौल र गुणस्तर परीक्षण गर्न पशुपति क्षेत्र विकास कोषकाे आग्रह
समाचार
प्रधानमन्त्रीले जेठ १७ गतेदेखि भारतको भ्रमण गर्नुहुने
समाचार
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • ताजा अक्षर
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    • कृषि
    • विचार
    • साहित्य
    • पर्यटन
    • मौसम
    • राशिफल
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

गृहपृष्ठ
ताजा अपडेट
ट्रेन्डिङ
खोज्नुहोस्