Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने र घरेलु रक्सीलाई वैध बनाउनेबारे बहस हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

Wednesday, May 17, 2023
गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने र घरेलु रक्सीलाई वैध बनाउनेबारे बहस हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
4k
VIEWS
Website Development Website Development Website Development

गाेरखा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने र घरेलु रक्सीलाई वैध बनाउनेबारे बहस हुनुपर्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा बुधवार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले गाँजा र घरेलु रक्सीकाे नियमनसहित उत्पादन गर्न सके ग्रामीण नागरिककाे आर्थिक स्तरमा सुधार हुने बताउनुभयो ।

‘गाँजा लागुऔषध हो कि औषधि हो ? यसबारेमा बहस हुनुपर्‍याे भन्ने मलाई लाग्छ’, उहाँले भन्नुभयो, ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरू निर्माण गरेर यसलाई औषधिको रूपमा किन प्रयोग नगर्ने भनेर हामी सोचिराखेका छौँ ।’ यसबारे केही बहस चलेको र थप बहस चलोस् भन्ने गण्डकी प्रदेश सरकारको चाहना रहेको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

यस्तै स्थानीयस्तरमा उत्पादन हुने घरेलु रक्सीकाे पनि नियमनसहित उत्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘स्थानीय रूपमा घरघरमा रक्सी उत्पादन भइरहेका छन्, तर वैध छैन । यसलाई वैध गर्न सकियाे भने सानो उद्योगको रूपमा गाउँघरमा स्थापित हुन्छ र गुणस्तरमा पनि लैजान पनि सकिन्छ ।’

Order Cake Order Cake Order Cake

यस्तै मुख्यमन्त्री पाण्डेले प्रदेशका हरेक वडामा नागरिकले महसुस गर्ने गरी एक/एक वटा उदाहरणीय कार्यक्रम सञ्चालन गर्ने बताउनुभयाे । आफ्नो कार्यकालभरिमा प्रदेशका हरेक वडाका नागरिकले देख्ने गरी काम गर्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले अरू जिल्लाभन्दा गोरखालाई बढी प्राप्त गर्ने हक रहेको पनि बताउनुभयो । आउँदाे बजेटबाटै कृषिलाई उत्पादनसँग जोड्ने खालका कार्यक्रम कार्यान्वयनमा जोड दिने पनि उहाँको भनाइ छ ।

कृषिका लागि आउँदाे वर्ष एक खर्ब रुपैयाँ छुट्याउने योजना रहेको बताउँदै पाण्डेले गाउँघरमै बसेर उत्पादनसँग जोडिएर जीविकोपार्जन गर्ने वातावरण बनाइने उल्लेख गर्नुभयाे । विगतमा पनि कृषिमा अनुदानहरू वितरण भएको तर त्यो उत्पादनसँग नजोडिएकाले त्यस्ता कार्यक्रमले प्रतिफल दिन नसकेको उहाँकाे भनाइ छ । जुन कामबाट उत्पादन हुने सुनिश्चितता छ, त्यस्तो कामलाई त्यही अनुपातमा अनुदान दिने पनि उहाँले बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणको सुनिश्चितता प्रदेश सरकारले गर्ने मुख्यमन्त्री पाण्डेले आश्वासन दिनुभयाे ।नागरिकको चाहना र आकाङ्क्षा धेरै भए पनि सीमित स्रोत र साधनको अधिकतम प्रयोग गर्दै नतिजा निस्कने गरी काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

Comments
Share
91
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki