काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएपछि मंगलबार निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत राखेको छ ।
अब डिजेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्ने छ । पेट्रोलको मूल्य भने प्रतिलिटर १७५ रुपैयाँ नै यथावत छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७५, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर रु एक सय ६०, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय यथावत नै राखेको छ । घटेको मूल्य गत मध्यरात देखि कायम भइसकेको छ ।
साथै इन्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं नेपाल सरकारको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको निगमको दाबी छ ।








