काठमाडौँ – नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।
उनी पक्राउ परेको जानकारीसहितको प्रहरीको पत्र संसद सचिवालयमा दर्ता भएपछि प्रतिनिधि सभाको आजको वैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम उनलाई सभामुखले पक्राउ परेको पत्र मात्रै पढेर सुनाए।
पक्राउ परेका रायमाझीलाई जिल्ला प्रहरी कार्यालय टेकुको हिरासतमा राखिएको छ।
प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) अनुसार सांसदहरू फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्ने व्यवस्था उल्लेख छ।
पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित सांसद थिए ।







