Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

एमालेले देशभर छोराछोरी अभियान सञ्चालन गर्ने, हरेक वडामा तीन प्रतिशत सदस्यता विस्तार गरिने

रासस

Sunday, May 14, 2023
एमाले बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्न प्रस्ताव
3.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – नेकपा एमालेले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण कार्यअभियान सञ्चालन गर्नका लागि कार्ययोजना तयार पारेको हो ।

ललितपुरमा रहेकाे पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले हिजाे बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको बताउनु भएकाे हाे ।

मिसन ग्रासरुट अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनको आधारमा वार्षिक कार्ययोजना तयार पारेको हो । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने भएको छ।

Order Cake Order Cake Order Cake

मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाँले बताउनु भयाे ।

उहाँका अनुसार कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने छ । एमाले आउँदाे जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने छ । एमाले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ ।

नयाँ सदस्य र नवीकरण आउँदाे असार मसान्तसम्म प्रदेश कमिटीमार्फत् विवरण केन्द्रमा पठाउने निर्देशन दिएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउने भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

अभियानअनुसार मिसन ५१ प्रतिशत पूरा गर्नका लागि प्रत्येकमा वडामा कुल मतदाता सङ्ख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उहाँले बताउनुभयो । ‘पार्टी सदस्यता मतदाताको सङ्ख्याको औषतरूपमा सात प्रतिशत रहेको छ । तर कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कुल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ’, उहाँले भन्नुभयो ।

मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक सङ्ख्या पनि नपुगेको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ । पार्टीले कमिटीमा रहेर विनाकारण तीनपटक अनुस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उहाँले बताउनुभयो ।

‘बैठकमा आउने काम गर्न नदिने, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ’, उहाँले भन्नुभयो,’मिसन ग्राससरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिइ अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ ।

प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने 

एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ ।

एमालेका उपमहासचिवसमेत रहनुभएका नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइने छ । प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिने छ ।

मङ्सिरमा पनि अभियान सञ्चालन गर्ने

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी सङ्गठन विस्तार गर्नका लागि आउँदाे मङ्सिरमा मध्यपडाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिनुभयो ।

छोराछोरी अभियान

यस्तै छोराछोरीलाई पार्टीमा आबद्ध गर्नका लागि छोराछोरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

‘हिजो बुबाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्थे’, उहाँले भन्नुभयो,’तर आज बुबाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ । के कारणले छोराछोरीमा यो भइरहेको छ । हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौँ भनेर छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौँ।’

पार्टी गतिविधि पार्टी कार्यालयबाट

एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत विकासमा सहयोग पुर्याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरिएको नेता रिजालले जानकारी दिनुभयो ।

पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुने गरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उहाँ बताउनुभयो ।

यही वैशाख २८ गतेदेखि सुरु भएको पाँचौँ केन्द्रीय कमिटी बैठक हिजाे सकिएको छ । बैठकमा विभिन्न १० कार्यसूची रहेका थिए ।

Comments
Share
84
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki