काठमाडौँ – नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहित पदाधिकारी बैठक आज बस्दै छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो ।
बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न उनलाई निलम्बन गर्नुपर्ने लगायत विषयमा छलफल हुनेछ ।
बुधबारको बैठकमा दुई महामन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका हुन् ।







