Thursday, June 25, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने: राष्ट्रपति रामचन्द्र पौडेल

Tuesday, May 9, 2023
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आफूले संविधान मिचेर कुनै पनि कदम नचाल्ने बताएका छन् ।  सोमबार नेपाल बार एसोसियसन र सर्वोच्च बार एसोसियसनका पदाधिकारीहरूसँग भेटघाटमा राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्ने बताएका हुन् ।

नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले विशेषगरी नागरिकता विधेयकबारे राष्ट्रपतिले चासो व्यक्त गरेको बताए । राष्ट्रपति पौडेलले आफूले संविधानलाई जबर्जस्ती व्याख्या नगर्ने बताएको घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आइतबार राष्ट्रपति पौडेललाई भेटेर नागरिकता विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्रीले भेटेर फर्केलगत्तै राष्ट्रपति पौडेलले कानुनी परामर्श थालेका थिए । आइतबार नै राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता दीनमणि पोखरेलसहितको टोलीसँग कानुनी परामर्श गरेका थिए । सोमबार पौडेलले बारका पदाधिकारीहरूसँग छलफल गरेका हुन् । पौडेलको भनाइ उद्धृत गर्दै अध्यक्ष घिमिरेले भने, ‘म राजामहाराजा होइन, राष्ट्रपति हो । म संविधानको रक्षक हो । संविधानको पालना गर्नु मेरो दायित्व हो ।’

Order Cake Order Cake Order Cake

राष्ट्रपति पौडेलले नागरिकता विधेयकका बारेमा आफ्ना विकल्पबारे पनि बारका पदाधिकारीसँग छलफल गरेका थिए । अध्यक्ष घिमिरेले राष्ट्रपति पौडेलको थप भनाइ उद्धृत गर्दै भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तअनुसार कसैको पनि अधिकार खुम्चिनु हुँदैन । यो विधेयक छ, मर्‍यो वा यो विधेयकमा मैले के गर्नुपर्छ ? पास गर्नुपर्ने हो भने मैले के गर्नुपर्छ । यदि संसद्‍मा जाने हो भने कसरी जान्छ । कुन कानुनले फर्काउँछ ? पुन: ब्युँताउने हो भने कसरी ब्युँतिन्छ । संवैधानिक प्रावधानमै रहेर के गर्ने भन्नेबारे मलाई जानकारी दिनुपर्‍यो ।’

अध्यक्ष घिमिरेले नागरिकता विधेयकबारे राष्ट्रपति पौडेल हतारमा निर्णय गर्ने पक्षमा छैनन् । उनले भने, ‘सम्माननीय राष्ट्रपतिज्यु छिटो गरिहाल्ने पक्षमा हुनुहुन्न । संवैधानिक कानुनका जानकारहरूसँग उहाँ परामर्शमा हुनुहुन्छ । आज पनि नेपाल बार एसोसियसन, सर्वोच्च बारका अध्यक्षलगायतसँग उहाँले छलफल गर्नुभयो ।’ सबै पक्षसँग परामर्श गरेर मुलुकले निकास पाओस् भन्ने पक्षमा राष्ट्रपति रहेको घिमिरेले बताए । राष्ट्रपति पौडेल सरकार र संसद्को दायित्व कटौती गर्ने पक्षमा नरहेको पनि घिमिरेले बताए । राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै घिमिरेले अगाडि भने, ‘संविधानलाई जबर्जस्ती व्याख्या गर्ने पक्षमा छैन। मैले त संविधानअनुसार काम गर्ने हो ।’

अर्थ विधेयकबाहेक अरू विधेयक राष्ट्रपतिलाई सन्तुष्ट नलागेमा सन्देशसहित एक पटक संसद्मा फिर्ता पठाउन सकिने कानुनी व्यवस्था छ । संसद्ले पारित गरी दोहोर्‍याएर पठाएमा उक्त विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर राष्ट्रपतिले प्रमाणीकरण नगरे विधेयकको अस्तित्व के हुन्छ भन्नेमा थप संवैधानिक व्यवस्था छैन ।

संसद्को दुवै सदनबाट पारित भएको विधेयक ०७९ साउन १६ गते राष्ट्रपतिकामा पहिलोपल्ट प्रमाणीकरणका लागि तत्कालीन सभामुख अग्नि सापकोटाले पठाएका थिए । तत्कालीन राष्ट्रपति भण्डारीले विधेयकमा आफ्ना सरोकारहरू राखेर संसद्लाई फिर्ता पठाएकी थिइन् । संसद्ले दोस्रो पटक पारित गरेर भदौ २० मा फेरि राष्ट्रपतिकामा पठाए पनि उनले प्रमाणीकरण गरिनन् ।

Comments
Share
19
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki