काठमाडौँ – सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत सिफारिश गरेको छ।
आज साँझ बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले जानकारी दिइन्।
संसदीय सुनुवाइपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।
चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीश भएका दीपककुमार कार्की उमेर हदले अवकाश भएपछि कार्की २०७९ असोज ११ गते कामु प्रधानन्यायाधीश भएका थिए।







