काठमाडौँ – प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सकिएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
शुक्रबार राति बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरले कार्यवाहक राष्ट्रपतिले पठाएको पत्र पढेर सुनाएका थिए ।
सोही बैठकमा सभामुख घिमिरेले विधेयक अधिवेशनका नामले समेत चिनिने हिउँदे अधिवेशनमा भएका कामकारबाहीबारे जानकारी गराएका थिए ।
Comments
Share







