काठमाडौँ -त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा समस्या आएपछि आकस्मिक अवतरणको तयारी भएको छ ।
उडेको केहीबेरमा इन्जिनमा समस्या देखिएपछि आकस्मिक ल्यान्ड गराउन लागेको प्रहरी स्रोतले जानकारी दियो ।
फ्लाई दुवई टेक अफ गर्नासाथ ठूलो आवाज आएको थियो ।
उक्त जहाज काठमाडौँबाट बेलुका ९ बजेर २१ मिनेटमा दुबईका लागि उडेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
यो घटनापछि फ्लाई दुबईको जहाजलाई प्राथमिकता दिनका लागि काठमाडौं प्रवेश गर्न लागेका ६ वटा विमानलाई होल्डमा राखिएको छ ।







