काठमाडौँ – बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको बेला पुराना दलहरुले जसरीहुन्छ रास्वपालाई रोक्न महागठबन्धन बनाउने तयारी गरेका छन् । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाबीच महागठबन्धनको तयारी भएको छ ।
रास्वपालाई जनताद्वारा अती नै रुचाइएको र निसर्त रास्वापामा समाहित हुनेहरुको संख्या बढदै गएको अवस्थामा आगामि दिनहरुमा उनीहरुले आफ्नो बिरासत जोगाउन कठिन देखेर अहिले नै महागठबन्धन गरेर संसदमा आफ्नै बर्चस्व कायम राख्न जसरी हुन्छ रास्वपालाई रोक्ने निती अपनाउने तयारी भएको छ ।
आफ्नो बलियो चुनाबी एजेन्डा जनतासामु लैजान नसस्दा अहिलेको चुनावी माहौल रास्वापाको पोल्टापा पर्ने डर दलहरुमा रहेको छ ।
अहिलेसम्म काम गर्ने अवसर नपाएको रास्वपा प्रति जनताले आशा गरेको देख्दा दलहरुमा त्रास पैदा भएको छ । रास्वापाले उठाएको भ्रष्टाचार बिरोधि निति र पुराना दलहरु प्रति जनताको बितृष्णानै रास्वपाको सफलता हुने राजनितीक बिश्लेषकहरु बताउछन् ।
यसअघि दलहरुले तीन वटै क्षेत्रका लागि आ आफ्ना उम्मेदवार उठाईसकेका छन् । तर, केन्द्रमा भने चुनावको मुखमा महागठबन्धन बनाउने तयारी भएको छ। रास्वपाका उम्मेदवारलाई रोक्नको लागि नै प्रमुख दलहरुबीच महागठबन्धनको तयारी भएको छ । उच्च स्रोतकाअनुसार पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो ।
तीन नेताले चितवन-२ मा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई सघाउने, तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराई र बारा-२ मा उपेन्द्र यादवलाई जिताउने सहमति गरेको चर्चा छ ।
रास्वपाको तर्फबाट चितवन २ मा सभापति रवि लामिछाने उम्मेदवार छन् , तनहुँ १ मा डा. स्वर्णिम वाग्ले मैदानमा छन् , भने बारा २ मा रमेश खरेल उम्मेदवार रहेका छन् ।







