Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

प्रधानमन्त्रीकाे प्रत्येक हप्ता शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा भेटघाट कार्यक्रम हुने

Saturday, April 15, 2023
पञ्चेबाजा प्रयोगको विषयमा आयोगद्वारा दाहाललाई आचारसंहिता उल्लंघनकाे आरोप
1.6k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्येक हप्ताको शुक्रबार पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शुक्रबारदेखि भेटघाट कार्यक्रम सुरु गरिसकेका छन् ।

प्रत्येक हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा भेटघाट कार्यक्रम हुने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । सो भेटघाट कार्यक्रममा नेता, कार्यकर्ताका साथै सर्वसधारणका गुनासो, माग, सेवा, सुविधासहित सम्पूर्ण विषयमा सुझाव लिने काम हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा भएका कारण अवस्था ठिकैजस्तै लागे पनि सहज नरहेको बताए । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको छलफलमा कार्यकर्तासँग उनले विभिन्न तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताए ।

Order Cake Order Cake Order Cake

‘अहिले हामी सरकारमा छौं, मन्त्री छौं, प्रधानमन्त्री छौं, त्यसकारण उल्टिँदैन होलाजस्तो लाग्न पनि सक्छ, म बुझिने गरी भन्न चाहन्छु, यो स्थिति सहज छैन,’ उनले भने । बुद्धि नपु-याउने र जिम्मेवारी बोध गरेर संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्ने उनले बताए ।

संविधानसभाबाट भएको घोषणालाई आत्मसात् गरे पनि त्यसलाई विभिन्न तर्क, विर्तक गरेर असफल पार्ने र उल्ट्याउने काम हुन थालेको प्रचण्डको भनाइ छ । उनले थपे, ‘सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ भन्ने कसरत ठूलै छ ।’

उनले आगामी दिनमा माओवादी केन्द्रले नेताहरूको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।

यसैबीच, नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रनिर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरू हुन नसक्ने बताएका छन् । नयाँ वर्षमा प्रधानमन्त्रीका रूपमा आफ्ना हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रचण्डको दाबी छ ।

प्रधानमन्त्री प्रचण्डले नयाँ वर्ष हामी आफैंमाथि भरोसा र आशाको वर्ष हुनेछ विश्वास व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्रनिर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरू हुनै सक्दैन,’ प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।

प्रधानमन्त्रीले आफ्ना केही ठोस संकल्प रहेको बताउँदै निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको दाबी गरेका छन् ।

‘अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महŒवपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याजदर कम हुँदै गएको पनि दाबी गरेका छन् । ‘व्यवसायीको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजस्व संकलनमा वृद्धि भइरहेको छ,’ प्रधानमन्त्रीले भनेका छन् ।

परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेको प्रधानमन्त्रीले दाबी गरेका छन् । ‘एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ’ प्रधानमन्त्रीको भनाइ छ ।

सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन अपिल गरेका छन् ।

‘नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं’ प्रधानमन्त्रीले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’

Comments
Share
29
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki