काठमाडौं – महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न पनि उनले सरकारलाई चेतावनी दिएका छन् ।
‘कि काठमाडौँ को हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’– उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
काठमाडौँ बासीलाई सिंहदरबार र राजधानी सार्दा कुनै आपत्ति नहुनेसमेत उनले उल्लेख गरेका छन् । आफूहरुका लागि राजनीति भन्दा पनि सम्पदा, संकृती , कला, सभ्यता महत्वपूर्ण भएको उनले बताएका छन् ।
‘हामी काठमाडौँ बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनिती हैन,’– उनले लेखेका छन् ।
केही समयदेखि बाघदरबार र सिंहदरबारबीच दूरी बढेको छ । एक अर्थमा मेयर बालेन र सरकारबिच दोहोरी चलिरहेको छ । सरकारले बालेनको फाहोर नउठाउने कदम प्रति टिप्पणी गर्दै उनी अराजक भएको आरोप लगाएको छ भने बालेन पनि सरकारले आफूलाई सहयोग नगरेको बुँदाहरु सर्वजनिक गरिहेका छन् ।
काठमाडौं महानगरले सिंहदरबारदेखि महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेका छन् । उनको निर्णयलाई लिएर प्रतिनिधि सभामासमेत वहस भइसकेको छ ।








