Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिदै

Wednesday, April 5, 2023
निर्वाचन आयोगद्वारा असोज ११ गतेदेखि आचारसंहिता  लगाउने तयारी
1.7k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – निर्वाचन आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ।

तनहुँ १, चितवन २ र बारा २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध मंगलबारउजुरी दर्ताको समय तोकिएको थियो। ​तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। आयोगले आज उजुरीमाथि छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

प्रतिनिधिसभाको उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा चारवटा उजुरी परेका छन्।

Order Cake Order Cake Order Cake

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार अनुसार एउटा उजुरी इमेलबाट आएको छ भने एउटा राष्ट्रिय जनमोर्चाबाट र अन्य दुईवटा स्वतन्त्र उम्मेदवारले रविविरुद्ध उजुरी दिएका हुन्।

संविधानको धारा २९१ ले विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिकले नेपालको कुनै पनि पदमा निर्वाचित मनोनित हुनका लागि त्यस्तो आवासीय अनुमतिपत्र त्यागेको तीन महिना पुगेको हुनुपर्ने व्यवस्था गरेको छ।

संविधानको यही व्यवस्थाअनुसार रवि लामिछानेले उम्मेदवार बन्न नपाउने जिकिर गर्दै उनीविरुद्ध चारवटा उजुरी परेका हुन्।वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन २ मा दलबाट १२ र स्वतन्त्र १२ गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । अन्य उम्मेदवारविरुद्ध भने कुनै उजुरी परेको छैन।

वैशाख १० गते हुने उपनिर्वाचनका लागि यसअघि निर्वाचित भएर सांसद पद नै खारेज भएका रवि लामिछानेदेखि अघिल्लो चुनावमा पराजित भएका उपेन्द्र यादव, सर्वेन्द्र खनाल, शिवचन्द्र कुशवाहलगायत नेता यसपटक पनि प्रतिस्पर्धामा उत्रिएका छन्।

बारामा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चुनौती दिन सीके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्रप्रसाद कुशवाहलाई उठाएको छ। एमालेले पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाएको छ। प्रतिनिधिसभामा निर्वाचित रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएपछि त्यो क्षेत्र खाली भएको हो।

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलगायत प्रतिस्पर्धामा छन्। सर्वोच्च अदालतले मंसिर ४ को चुनावमा निर्वाचित लामिछानेको पुरानो नागरिकता खारेज गरिदिएपछि उनको सांसद पनि खारेज हुँदा यहाँ पुनः चुनाव हुन लागेको हो।

तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले उपनिर्वाचन हुन लागेको हो । तनहुँमा नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल, स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायतले उम्मेदवारी दर्ता गरेका छन्।

Comments
Share
31
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki