Friday, June 26, 2026
स्मार्ट अक्षर
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
Generic selectors
Exact matches only
Search in title
Search in content
Post Type Selectors
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया
No Result
View All Result
स्मार्ट अक्षर
No Result
View All Result
Viber/what Viber/what Viber/what

मिटरब्याजपीडितको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति

Sunday, April 2, 2023
मिटरब्याजपीडितको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति
1.8k
VIEWS
Website Development Website Development Website Development

काठमाडौँ – मिटरब्याजीविरुद्ध आन्दोलन गर्न मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडित र सरकारी वार्ता टोलीबीच ५ बुँदे सहमति भएको छ । सहमति भएसँगै मिटरब्याजपीडितको आन्दोलन स्थगित भएको छ ।

सरकारले पीडितका समस्या समाधान गर्न जाँचबुझ आयोग गठन गर्ने र गृह मन्त्रालयको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि पीडित आन्दोलन रोक्न तयार भएका हुन् । तर, सरकारले प्रतिबद्धताबमोजिम आयोग गठन नगरेसम्म उनीहरू जिल्ला फर्कने पक्षमा छैनन् । मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले आफूहरू तत्काल नफर्कने बताए ।

सरकारी वार्ता टोली र मिटरब्याजपीडित संघर्ष समितिको वार्ता टोलीबीच शनिबार गृह मन्त्रालयमा भएको सहमतिअनुसार सरकारले भदौ २७ मा मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनमा उल्लिखित विषय शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहजीकरण गर्ने छ ।

Order Cake Order Cake Order Cake

गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ सरकारी वार्ता टोलीका सदस्यसचिव दिलकुमार तामाङका अनुसार ‘मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषणसमेत गर्ने गरेकोजस्ता समस्या सम्बोधनका लागि मन्त्रिपरिषद् बैठकबाट जाँचबुझ आयोग ऐन २०२६ बमोजिम आयोग गठन गर्न सिफारिस गर्ने’ सहमति भएको छ ।

सरकारले आयोग गठनको प्रक्रिया शुक्रबारै अगाडि बढाइसकेको छ । तामाङका अनुसार गृहमन्त्रीको पदभार ग्रहण गरेलगत्तै नारायणकाजी श्रेष्ठले ‘मिटरब्याजपीडितको समस्या समाधान गर्न विशेष अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय अधिकारसम्पन्न आयोग गठनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने’ निर्णय गरेका थिए ।

त्यस्तै शनिबार भएको सहमतिअनुसार सरकारले जिल्लास्तरीय समन्वय/सहजीकरण समिति पनि गठन गर्नेछ । ‘मिटरब्याजपीडितका नियमित रूपमा आउने उजुरी/गुनासोलाई सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरब्याजपीडितको प्रतिनिधिसमेत रहने गरी जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने’ पीडितसँग भएको सहमतिमा उल्लेख छ । यस्तै जिल्लास्तरीय समितिले संघीयस्तरमा गठन हुने जाँचबुझ आयोगको कामलाई सहयोग र सहजीकरण गर्नेछ । पीडितबाट उजुरी तथा गुनासो संकलन गर्ने, प्रमाण जुटाउन सहयोग गर्ने, निःशुल्क कानुनी सहायता तथा सचेतनाका लागि सहजीकरण पनि यही जिल्लास्तरीय समितिले गर्नेछ ।

 शनिबारको सहमतिमा ‘मिटरब्याजसम्बन्धी कार्यलाई कसुर कायम गर्ने गरी सम्बन्धित कानुनमा संशोधन प्रक्रिया अगाडि बढेकाले त्यसलाई शीघ्र निष्कर्षमा पुर्‍याउन नेपाल सरकारलाई अनुरोध गर्ने’ उल्लेख छ ।  सहमतिअनुसार मिटरब्याजलाई अपराध मान्ने कानुन बनेमा पीडितको तर्फबाट सरकारले नै अदालतमा मुद्दा दर्ता र प्रतिरक्षा गर्नेछ । तर, भविष्यमा हुने लेनदेन व्यवहार मात्रै यस्तो कानुनबमोजिम नियमन हुनेछन् किनभने विगतमा भएका कार्यलाई अपराध मानेर सजाय दिने गरी कानुन निर्माण गर्न मिल्दैन ।

सहमतिको ५ औं बुँदामा सरकारले आयोग गठन गरेपछि मिटरब्याजविरुद्धको संघर्ष समितिले गर्दै आएका आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने उल्लेख छ ।

उनीहरू चैत २ देखि १२ दिन पैदल यात्रा गरी काठमाडौं आएका थिए । गत वैशाख र साउनमा पनि यसैगरी देशका विभिन्न भागबाट न्याय खोज्न काठमाडौं आएका पीडित माइतीघरमा ६१ दिन धर्ना बसेपछि सरकारले सम्झौता गरेको थियो ।

Comments
Share
29
Shares

Related Posts

ताजा अक्षर

नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा

ताजा अक्षर

समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी

ताजा अक्षर

गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा
ताजा अक्षर

नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

आर्थिक

राष्ट्र बैंकले १० दिनमै १ खर्ब ३० अर्ब रुपैयाँ तान्यो, ब्याजदर इतिहासकै न्यून विन्दुमा झर्दा पनि लगानी बढेन

आजको सुन चाँदी दर


© Gold Rates Nepal

आजको विनिमय दर


© Foreign Exchange Rates

Smart Akshyar Pvt. Ltd

सूचना विभाग दर्ता नं :- ३४८३-२०७८/७९
Gongabu, Kathmandu, Nepal
Contact :- 9851229434, 9849138782
smartakshyar@gmail.com

Editor :- Madan Paudel
Director :- Bimal Dhakal

Follow US

Follow Us

ताजा अक्षर
नवनिर्वाचित सांसदलाई संसदीय अभ्यास र पार्टी नीतिबारे दुई दिने प्रशिक्षण दिँदै रास्वपा
ताजा अक्षर
समानुपातिकतर्फ ४८ महिला र ९ जना पुरूषको नाम पठाउने रास्वपाको निर्णय
ताजा अक्षर
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
गगनलाई कांग्रेसका ३० बढी केन्द्रीय सदस्यले भने राजीनामा विकल्प होइन
ताजा अक्षर
समाचार
बिद्या सागर इङ्ग्लिस बोर्डिङ स्कूलमा छात्रवृत्ति परीक्षा सम्पन्न
समाचार
विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” कार्यक्रम: ६०० भन्दा बढी अभिभावक सहभागी
ताजा अक्षर, समाचार
जेन-जीको आवाज संसदमा पुर्याउन नानू जस्ती जेन्जी नेतृलाई चुनावमा उठाएका छौँ - कांग्रेस उपसभापति भुषाल
समाचार
उपसभापति भुषालको दाबी - उदय निष्कलंक र भ्रष्टाचार विरोधी, अब देशको नेतृत्व गगन थापाले गर्ने
समाचार
  • About
  • Advertise
  • Contact
  • Privacy & Policy

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • ताजा अक्षर
  • समाचार
    • अन्तरवार्ता
    • अडियो समाचार
  • स्थानीय
  • आर्थिक
  • सूचना-प्रविधि
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • कृषि
  • अन्य
    • विचार
    • कला / साहित्य
    • मौसम
    • पर्यटन
    • सोसल मिडिया

© 2020 स्मार्ट अक्षर Design By :- Hari Karki