काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० को उपनिर्वाचन लड्ने तीनजनै उम्मेदवारलाई शनिबार औपचारिक रुपमा टिकट हस्तान्तरण गरेको छ ।
शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनकै क्रममा केन्द्रीय निर्वाचन आयोगका नारायण प्याकुरेलले सभापति रवि लामिछाने, पूर्व डीआईजी रमेश खरेल र अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट हस्तान्तरण गरेका हुन् ।
सबैलाई पार्टीले आन्तरिक निर्वाचनमा सर्वसम्मत उम्मेदवार चयन गरेर टिकट हस्तान्तरण गरेको हो । जसअनुसार रविलाई चितवन २, खरेललाई बारा २ र वाग्लेलाई तनहुँ १ को टिकट हस्तान्तरण गरिएको छ । प्याकुरेलले टिकट हस्तान्तरण गर्दै तीन जनै उम्मेदवारलाई विजयको अग्रिम शुभकामना दिए ।
सोहीअनुसार तीन जनै उम्मेदवारले चैत २० मा आफ्नो उम्मेदवारी दर्ता गराउनेछन् ।







