काठमाडौँ – नेकपा एमालेको शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकलेआगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ र तनहुँ १ को लागि उम्मेदवार तय गरेको छ ।
चितवन २ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट पराजित भएका थिए। बारा २ मा कसलाई उठाउने भन्ने विषयमा बैठकले निर्णय नगरेको गुरुङले बताए।
‘बाराको राजनीति अलि तरल भएकाले थप छलफल गर्नुपर्ने देखियो’, गुरुङले भने, अध्यक्षज्यूले पार्टीका नेताहरूसँग परामर्श गरेर भोलिसम्म उम्मेदवारको टुंगो लगाउनुहुन्छ।’
आगामी वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।







